काठमाडौं, १२ पुस । आज शनिबार बिहानको उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेन्टिग्रेड मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मापन गरिएको तापक्रम यो वर्षकै सबैभन्दा न्यून हो। उपत्यकाको तापक्रम अझै घट्नसक्ने र केही दिनमै माइनसमा जानसक्ने महाशाखाले जनाएको छ। ...