ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौ महानगरको सुधारको बाटो के ? : दीर्घकालीन सोच र नीतिको अभावमा अस्तव्यस्त ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ११   पुस  ।   मुलुक संघीयताको अभ्यासमा गएपनि अझै केन्द्रीकृत प्रवृत्तिले गांजिरहेको छ । शक्ति, श्रोत साधन र अधिकारको विकेन्द्रिकृत गर्न नै संघीयताको आधारभूत चरित्र हो । संघीयताको अभ्यास हुन थालेको अढाइ वर्ष बढी भो । तर, कुल बजेट खर्चको औसतमा अझै काठमाडौ लगभग ५० प्रतिशत खर्च हुने गरेको तथ्यांक छ । श्रोत साधन र शक्तिको मुल नै काठमाडौ भएपनि काठमार्डौले आफ्नो मुहार फेर्न सकेन ।लामो सभ्यताको इतिहास बोकेको राजनीतिक आािर्थक सांस्कृतिक अगुवा भएपनि काठमाडौ दिन प्रतिदिन न्यूनतम विकास गर्न असक्षम जस्तै भएको छ ।

जनगणना २०५८ अनुसार ८ लाख ३४ हजार थियो काठमाडौको जनसंख्या । त्यस्को ठीक दश वर्षपछि जनगणना २०६८ मा १ सय ९ प्रतिशतले वृद्धि भई १७ लाख ४४ हजार स्थायी बासिन्दाको जनसंख्या ।केन्द्रीय तथ्यांक विभागको २०१६ को अनुसन्धान अनुसार सन् १९८१ यता काठमाडौंको जनघनत्व प्रतिवर्ग किलोमिटर ५ गुणा वृद्धि भई ५ हजार ९३ पुगिसकेको छ । जनसंख्याको वृद्धिदरस“गै निजी तथा सरकारी घर तथा भवन निर्माण, सवारी साधनको चापमा वृद्धि र सोही अनुरुपमा जग्गा खण्डीकरण हुदै अहिले महानगरमा खानेपानी अभावको समेत समस्या छ । कुनै समय जनसंख्याको चापस“गै महानगरबासीको आवश्यकता र चाहानाको आधारमा मात्रै विकास निर्माणको कामहरु तीव्र गतिमा भए । तर फेरि, काठमाडौं अव्यवस्थित र कुरुप हुन थालेपछि नियन्त्रण एवम् व्यवस्थापन गर्न राज्यले अर्को समय छुट्याउनुप¥यो ।

महानगरलाई व्यवस्थित बनाउन नीति र कार्यक्रम नभएका पनि होइनन् ।तर, कार्यान्वयन र समन्वयको दृष्तान्त उदेश लाग्दो छ । चालु आर्थिक वर्षमा ७ अरबको बजेटमा पूर्वाधार लगायतका काम भइरहेको छ । यो वर्षेनी हुदै आएका कामको निरन्तरता हो । देश संघीयता अभ्यास गरिरहदा पनि काठमाडौप्रतिको मोह कत्ति घटेको छैन । सार्वजनिक स्थल छैनन् , पानी छैन, गतिलो शौचालय छैन । ढल निकासको समस्या उस्तै छ । जनसंख्याको चापको गियर बढिरहेको छ । तर, न्यूनतम सेवा सुविधा एकादेशका कथा जस्तै छ । जनसंख्याको चापलाई पहिलेको भौतिक संरचनाले थेग्न संभव छैन, तैपनि विकल्पको विकास नहुदा राजधानीबासीको दैनिक अत्यन्तै कष्टकर छ । अभाव अभावमा जेलिएको छ । यद्यपी न्यूनतम पूर्वाधारमा सुधार ल्याउन महानगरले पहल गरिरहेको सरकारी अधिकारी बताउछन् ।

ऐतिहासिक एवम् सा“स्कृतिक नगर सुहाउ“दो दीगो विकासको ठीक योजनाहरु ठीक समयमा बन्न नसक्दाको परिणाम आजको राजधानीबासीले भोगिरहेका छन् । हुन त, अहिले देशमा राजनीतिक स्थायीत्व कायम भएको अवस्था छ । तर पनि, वर्षौ अगाडिदेखि नै अव्यवस्थित रुपमा बिस्तार भएका बस्ती तथा पूर्वाधारहरुको अवस्था अझै उस्तै छन् । नया“ नक्सा कोरेर आज को भोलि नै बदल्न सकिने विषय पूर्वाधारको विषय होइन, तर, सानातिना तर अत्यावश्यक सेवा क्ष्ोत्रमा सुधार ल्याउन निरर्थक प्रयासको चक्रव्यूमा महानगर फस्दै गएको छ । त्यसो त, महानगरको सबै नगरपालिका तथा वडाहरुको अवस्थाको अवलोकन पनि महानगरले गरिरहेको छ । खुला क्षेत्र संरक्षण, पार्क निर्माण, अपांग, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक स्थलहरु निर्माण जस्ता प्रस्ताव छन् महानगरसंग । महानगरले स्थानीय र वडातहका जनप्रतिनिधीहरुस“ग समन्वय गरेर महानगरको सुधारमा जुटेको महानगरको भनाई छ ।

महानगरले वडाहरुको निरन्तर अनुगमन गरिरह“दा निर्माणका कामहरु भईरहेको अवस्थमा स्थानीयले असन्तुष्टी पोख्नु स्वभाविक हो । उनीहरुले जनप्रतिनिधिहरुले जनभावना अनुसार काम गर्नेछन् भन्ने अपेक्षाले मत जाहेर गरेका हुन् । विकास पूर्वाधार क्षेत्रमा महानगरले सुधार प्रयास पनि गरेको छ । तर, सरकरारी अड्डाहरुबीच समन्वय फिटिक्कै छैन । कानुनको अभावमा विभिन्न कामहरु रोकिए तर कानुन निर्माण भईसकेको अवस्थामा कार्यान्वयनको पाटो अघि बढ्नुपर्ने उनीहरुको भनाई छ ।

समृद्ध नेपाल र सुखी नेपालीको प्रमुख नाराका साथ वर्तमान सरकार अगाडि बढीरहेको छ । पर्यटकीय नगरी महानगरको प्रमुख आधार पर्यटन पनि हो । आउदै गरेको भ्रमण वर्ष २०२० को लागि पनि महानगरले पर्यटन मन्त्रालयस“ग समन्वय र सहकार्य गरिरहेको छ ।

काठमाडौंको सुन्दर सभ्य र व्यवस्थित बन्नुको कुनै विकल्प छैन । माटो सुहाउदो नीति स्थानीयको मागमा आधारित विकास, समन्वयको अभ्यास, बजेटको सही तर्जुमा र खर्च, जवाफदेही र पारदर्शी प्रशासन, सचेत नागरिको सहकार्यबाट मात्रै महानगर महानगर बन्न सक्छ । यसर्थ सबै पक्षबीचको सहकार्य एकताको तालमेल मिलाउन महानगरले नै सक्नुपर्छ । दीर्घकलीन नीति र सोचको आधारमा सबैको सहकार्य र समन्वयको माध्यमबाट मात्रै मुलुकको मुकाम सभ्य र सुन्दर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com