काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड कन्दराले अमेरिकामा आयोजित कन्सर्टबाट संकलित २१ लाख रुपैयाँ भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। कन्दराको आह्वान र अग्रसरतामा बीएनएमको आयोजनामा अमेरिकाको एटलान्टामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दर्शक, विभिन्न संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा स्थानीय नेपाली ...