ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिकाउन होइन, निर्वाचनलाई व्यवस्थित गर्न प्रतिवेदन लक्षित हुनुपर्छ– निर्वाचन आयुक्त थपलिया


admin

काठमाडौं, ११  पुस  । निर्वाचन आयोगले अबदेखि हुने निर्वाचनमा परिचालन हुने पर्यवेक्षकको समेत पर्यवेक्षण गर्ने भएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित उपनिर्वाचन पर्यवेक्षण प्रतिवेदन समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा पर्यवेक्षणमा खटिने व्यक्ति र संस्थाको पनि पर्यवेक्षण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यवेक्षण गर्न आयोगबाट अधिकार पाएको व्यक्ति वा संस्थाका निम्ति पर्यवेक्षण भनेको उसको अधिकार नभई कर्तव्य, दायित्व र जिम्मेवारी हो, पर्यवेक्षकले देखेर तयार गरेको प्रतिवेदन, सिकाइ, निष्कर्ष र अनुभव समाचार बिकाउनका निम्ति होइन, निर्वाचनलाई व्यवस्थित गर्न लक्षित हुनुपर्दछ ।”

निर्वाचनमा पर्यवेक्षण गर्ने सबै संस्थाका एक–एक जना प्रतिनिधिसहितको आयोगको टोलीले पर्यवेक्षणको पनि पर्यवेक्षण गर्ने समिति बनाइने सो अवसरमा जानकारी दिइयो । निर्वाचनको पर्यवेक्षणमा खटिने कतिपय व्यक्तिबाट मतदान केन्द्र र मतदान स्थलमा आचार संहिताविपरीत कार्य गरेको गुनासा आएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो धारणा व्यक्त गर्नुभएको हो । निर्वाचनका समयमा सञ्चालनमा ल्याइने कल सेन्टरलाई आवश्यक सुविधासहित आयोग परिसरमै स्थापना गरिने उल्लेख गर्दै आयुक्त थपलियाले भन्नुभयो, “उपनिर्वाचनमार्फत आयोगको प्रतिष्ठा र साख बढेको हँुदा उत्साहित भएका छौँ ।”

निर्वाचनका बेला अस्तव्यस्त हुने तथा अघिपछि सुस्त देखिने आयोगको चरित्रमा अनुभूति हुनेगरी सुधार ल्याइने प्रतिबद्धता जनाउँदै उहाँले अब आयोगले मतदाताको अनलाइन दर्ता, मतदाता शिक्षालाई व्यापक र विस्तार गर्ने तयारी थालिएको बताउनुभयो । आयोगले यस सन्दर्भमा सङ्घीयसहित सातै वटा लोकसेवा आयोग, सुरक्षा निकाय, प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तालिमका पाठ्यक्रममा मतदाता शिक्षा समावेश गर्न गृहकार्य भइरहेको जनाएको छ । उपनिर्वाचनमा ‘मतदाताको मतदानप्रति देखिएको मोहभङ के कारणले हो’ भनी खोजीनीति शुरु गर्ने जनाउँदै उहाँले भन्नुभयो, “मतदातालाई उत्साह भर्ने कुरा हाम्रा लागि चुनौतीपूर्ण रहेको छ, निर्वाचनसँग सम्बन्धित पात्र र प्रवृत्तिमा सुधारको खाँचो छ ।”

पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संविधानमा उल्लेख भएका अधिकारको प्रयोग गर्ने अधिकार आयोगलाई दिइनुपर्ने माग गर्दै विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा निर्वाचन शिक्षा समावेश गर्न र अब आगामी स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन सुझाव दिनुभयो ।पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको पालना र निर्वाचन प्रक्रियामा आँच आउने काम नभएको खण्डमा समग्र निर्वाचन भन्दा सुरक्षा बढी खर्च गर्नुपर्ने अवस्था अन्त्य हुने थियो भन्नुभयो ।

नियोगका महासचिव डा गोपालकृष्ण शिवाकोटीले उपनिर्वाचनमा पनि उम्मेदवारले तोकिएको खर्चको सीमा र बन्दनमा बसेको नदेखिएको पाइएको बताउनुभयो । नियोगले विदेशमा रहेका मतदातको मतदानको सुश्चित गर्न, निर्वाचनमा खटिने कर्मचारीलाई अग्रिम मतदानको व्यवस्था मिलाउन तथा प्रविधिको प्रयोग गरेर निर्वाचन प्रक्रिया र मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउन सुझाव दिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन गरेको प्रयासका लागि उक्त संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com