ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)


एबीसी न्यूज
जेष्ठ १२, २०८३ मंगलबार  २ : ५२ बजे

काठमाडौं, १२ जेठ । नेपालमा हाल शिक्षा क्षेत्रमा विभिन्न नीति तथा कार्यक्रमहरू सक्रिय रूपमा अघि बढिरहेको भए पनि कार्यान्वयन तहमा गम्भीर समस्या रहेको शिक्षा विज्ञहरूले औंल्याएका छन्।

एबीसी टेलिभिजनको शैक्षिक कार्यक्रममा विद्यालय शिक्षा तथा प्रारम्भिक बाल विकास (Early Childhood Development) सम्बन्धी विषयमा शिक्षा नीति विशेषज्ञ डा. मिनाक्षी दाहालले प्रारम्भिक बाल शिक्षामा “स्कुलिफिकेसन” (Schoolification) बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्।

उनका अनुसार तीन–चार वर्षकै उमेरका बालबालिकालाई अक्षर र अंक घोकाउने प्रवृत्तिले उनीहरूको प्राकृतिक मानसिक तथा संवेगात्मक विकासमा असर पुर्‍याइरहेको छ। “बालबालिका जन्मजात सिक्न सक्षम हुन्छन्, तर कक्षा कोठामा प्रवेश गरेपछि अत्यधिक औपचारिक शिक्षा थोपर्ने अभ्यास गलत हो,” उनले भनिन्।

डा. दाहालले प्रारम्भिक बाल विकास केन्द्रहरू बालमैत्री र खेल–आधारित सिकाइमा केन्द्रित हुनुपर्ने बताउँदै अहिले धेरै केन्द्रहरू औपचारिक शिक्षातर्फ मोडिएको उल्लेख गरिन्।

घर र विद्यालयबीच समन्वय कमजोर

उनले घर र विद्यालयबीचको संक्रमण (Home to School Transition) कमजोर भएको भन्दै बालबालिकामा भावनात्मक असहजता देखिने बताइन्। “घरमा स्वतन्त्र वातावरणमा हुर्किएका बालबालिका विद्यालय पुगेपछि कठोर अनुशासन र भाषिक दबाबका कारण डराउने अवस्था छ,” उनको भनाइ थियो।

उनका अनुसार विद्यालयले अभिभावकसँग समन्वय नगरी केवल पाठ्यक्रम कार्यान्वयनमा जोड दिँदा समस्या बढिरहेको छ। “घरमा के गर्ने, विद्यालयमा के गर्ने भन्ने स्पष्ट सहकार्य आवश्यक छ,” उनले जोड दिइन्।

तालिम र कार्यान्वयनबीच ठूलो दूरी

प्रारम्भिक बाल शिक्षा शिक्षकलाई तालिम दिइए पनि कक्षा कोठामा पुरानै शिक्षण शैली दोहोरिने प्रवृत्ति रहेको पनि उनले औंल्याइन्।

उनका अनुसार समस्या तीन तहमा देखिन्छ:

  • तालिम लिए पनि विद्यालय नेतृत्व (प्रिन्सिपल/हेड टिचर) ले व्यवहारमा समर्थन नगर्नु
  • पाठ्यक्रमभन्दा किताब र परिणाममा मात्र ध्यान दिनु
  • तालिमको गुणस्तर र एकरूपताको अभाव

“तालिमपछि पनि कक्षा कोठामा पुरानै ‘रटाउने’ विधि फर्किनु गम्भीर समस्या हो,” उनले भनिन्।

नीति भए पनि व्यवहारमा कमजोरी

उनले नेपालमा प्रारम्भिक बाल शिक्षाको नीति बालमैत्री भए पनि व्यवहारमा पर्याप्त कार्यान्वयन नभएको निष्कर्ष प्रस्तुत गरिन्। साथै, शिक्षक तालिम, अभिभावकको बुझाइ र विद्यालय व्यवस्थापनबीच समन्वय कमजोर भएको कारण शिक्षा प्रणालीमा अपेक्षित सुधार आउन नसकेको बताइन्।

विशेषज्ञ दाहालका अनुसार बालबालिकाको समग्र विकासका लागि घर–विद्यालय सहकार्य, व्यवहारिक तालिम प्रणाली र बालमैत्री शिक्षण अभ्यास अपरिहार्य छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com