ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवअधिकार संरक्षणमा नागरिक सङ्गठनहरु बढी चनाखो बन्नुपर्छ– सभामुख शाही


admin
पुस ११, २०७६ शुक्रबार  १ : ०६ बजे

सुर्खेत,११ पुस । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार रक्षाका सवालमा राज्य निकायभन्दा बढी चनाखो नागरिक सङ्गठन बन्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक को अगुवाइमा बिहीबार सुर्खेतमा आयोजित ‘मानवअधिकार परिषद् विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल’ कार्यशालामा उहाँले नागरिक सङ्गठनले मानवअधिकार हननका क्षेत्रको पहिचान गरेर निगरानी बढाउनुपर्ने बताउनुभयो ।

सभामुख शाहीले नेपालमा मानवअधिकार संरक्षणमा संवैधानिक प्रावधान उत्साहप्रद रहे पनि व्यावहारिक कार्यान्वयन चुनौतीपूर्ण रहेको औँल्याउनुभयो । “संवैधानिक दायित्व पूरा गर्न सरकारसँगै नागरिक सङ्गठन पनि जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो, “नागरिक सङ्गठनले अझ राज्यलाई खबरदारी गर्दै मानवअधिकार रक्षाका लागि राज्यसँग सहकार्य गर्नुपर्दछ ।” कर्णाली प्रदेशसभाले मानवअधिकारसँग सम्बन्धित कानून निर्माणका सवालमा नागरिकस्तरमा संवाद गर्ने उहाँको भनाइ थियो । नागरिकमैत्री कानून निर्माणमा टेवा पुग्ने उद्देश्यले प्रदेशसभा सचिवालयमा नागरिक संवाद केन्द्र स्थापना गर्न लागेको जानकारी दिँदै उहाँले भन्नुभयो, “संवाद केन्द्रले कानून निर्माणका लागि सरोकारवाला पक्षसँग निरन्तर संवादको वातावरण सिर्जना गर्नेछ, यसले सरकारी आश्वासनको ‘फलोअप’ गर्ने परिपाटीको विकास हुन्छ ।”

कर्णाली प्रदेशसभा सामाजिक समितिका अध्यक्ष राजु नेपालीले मानव अधिकार संरक्षणमा नागरिक समाजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । इन्सकेका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यशालामा सङ्कलित सुझाव तथा समूह छलफलका विषयलाई मस्यौदामा समावेश गरिने बताउनुभयो । कार्यशालामा विश्वव्यापी आवधिक समीक्षा ९यूपीआर २०१५० मा सीमान्तकृत समूहको सवाल, विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि छलफलको मस्यौदाका मुख्य विषयवस्तुको प्रस्तुतीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com