काठमाडौं ४ पुष । सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने बहस सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले हिरासतभित्रको फोटो सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथिसमेत अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेका ...