ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन्: गभर्नर अधिकारी


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार   १२ : २७   बजे

काठमाडौं ४ पुष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ ।

बुधबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले ऋणको ब्याज उठ्न नसक्दा बैंकहरू समस्यामा रहेको उल्लेख गरेका हुन्।

बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको धारणा पनि उनले राखे। राष्ट्र बैंकको नीति भने वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको उनको भनाइ थियो।

उनले भने, ‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौँ। बैंकर साथीहरूले सघाउनुभएको छ। जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ। कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ।’

बैंकिङ क्षेत्र झन् चुनौतीमा रहेको र यसका संवेदनशीलता बुझेर चल्न पनि उनले बैंकरहरूलाई आग्रह गरे।

‘हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौँ तर विश्वव्यापी रूपमा स्वकेन्द्रित हुन थालिएको छ,’ उनले भने, ‘यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ। हामीले काम गर्दा प्रशस्त चुनौती छन्। बैंकिङ क्षेत्र झन् चुनौतीमा छ। संवेदनशीलता तपाईंहरूलाई थाहै होला। हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन्। बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ। बैंकिङ अभ्यास निकै पारदर्शी छ। पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको हो। पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ। तर प्रोभिजनले बलियो बनाएको छ। प्रोभिजनले बैंकलाई बचाउँछ। ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं। तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ।’

उनले बैंकको लाभांश राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको तर्क पनि गरे।

‘जुन बैंक इफिसियन्ट भयो, त्यही बैंकले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैंकहरूको लाभांश क्षमता घटेको भन्न नमिल्दैन,’ उनले भने, ‘कुनै बैंकले २६ प्रतिशतसम्म लाभांश बाँडे भने कसैले शून्य।’

बैंकिङ क्षेत्रलाई बाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको उनको भनाइ थियो। ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरूबाट काम हुन नसकेको उनले बताए। उनका अनुसार, बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैंकहरू पुगेका हुन्। बैंकहरू नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने उनको भनको प्रस्टीकरण थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group