ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी


एबीसी न्यूज
६ असार २०८३, शनिबार   ९ : २९   बजे

काठमाडौं, ६ असार ।रसुवा भन्सार कार्यालयबाट भएका विद्युतीय सवारी साधन ९ईभी० को आयात र भन्सार प्रक्रियामा अनियमितता भेटिएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कारबाही सुरु गरेको छ।

विद्युतीय सवारी साधनको भन्सार प्रक्रिया र करका दर छलीका सम्बन्धमा प्रश्नहरू उठेपछि भन्सार विभागले जेठ १७ गते रसुवाका लागि र जेठ २१ गते मुस्ताङका लागि निर्देशकहरूको नेतृत्वमा विशेष अनुगमन टोली खटाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपालका अधिकृत प्रतिनिधि समेत सम्मिलित उक्त अनुगमन टोलीले स्थलगत अध्ययन र विस्तृत छानबिन गरी प्रतिवेदन बुझाएपछि यसमा अनियमितता पुष्टि भएको हो।

अनुगमन टोलीले रसुवा भन्सार कार्यालयको प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायतको विषयमा स्थलगत अध्ययन गर्दा कर्मचारीहरूबाट पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा नभएको फेला पारेको छ। प्रतिवेदनका अनुसार कतिपय विद्युतीय सवारी साधनहरू भन्सारमा भौतिक रूपमा आइनपुग्दै कागजातका आधारमा मात्रै जाँचपास गरिएको त्रुटि फेला परेको छ।

कानुनी प्रक्रिया पूरा नगरेको देखिएपछि अर्थ मन्त्रालय र भन्सार विभागले तत्कालीन कार्यालय प्रमुखसहित उक्त कार्यमा संलग्न १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको भन्सार विभागले उल्लेख गरेको छ।

कागजी प्रक्रियाका भरमा ईभी जाँचपास गराउने कार्यमा संलग्न रहेका नेपालका स्थापित ६ वटा प्रतिष्ठित अटोमोबाइल कम्पनी र तिनका एजेन्टहरूमाथि पनि प्रचलित भन्सार कानुन बमोजिम कारबाही प्रक्रिया सुरु गरिएको छ।

विभागले अनधिकृत रूपमा ईभी भित्र्याउने लक्ष्मी इ(मोबिलिटी प्रा।लि। काठमाडौँ, सिमेक्स इंक प्रा।लि। काठमाडौँ, सि।जी। मोटर्स, ललितपुर, पूजा इन्टरनेसनल नेपाल प्रा।लि। काठमाडौँ र पूजा कन्स्ट्रक्सन नेपाल प्रा।लि। काठमाडौँलाई पनि कारबाहीको दायरामा ल्याएको छ। एजेन्ट नम्बर २४८, ९३३, ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई समेत कारबाहीको दायरामा ल्याइएको विभागले उल्लेख गरेको छ।

उता मुस्ताङ भन्सार कार्यालयका सम्बन्धमा उठेका प्रश्नहरूमाथि छानबिन गर्दा भने त्यहाँ कुनै अनियमितता नभएको प्रतिवेदनले देखाएको छ।

जेठ २१ गते खटिएको अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गरेको थियो।

उक्त भन्सार कार्यालयबाट मिति २०८३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधनहरू घोषणा भई ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको थियो। छानबिनका क्रममा उल्लेखित ६४९ वटै विद्युतीय सवारी साधनहरू जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार नै जाँचपास भइसकेको निष्कर्ष टोलीले निकालेको छ।

यस प्रकरणमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र उनको नेतृत्वमा रहेको अर्थ मन्त्रालयसमेत तानिएपछि संसद् र सामाजिक सञ्जालमा कर छलीको अनुसन्धान गर्न र सत्यतथ्य बाहिर ल्याउन बाब परेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group