ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार  १२ : ४४ बजे

काठमाडौं ४ पुष । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबिच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गाजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उहाँ विश्वस्त देखिनुभएन ।

जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भन्नुभयो, “हेर्नु, म आशावादी छु । तपाईं पनि हुन पर्छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवारीबाट बिदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।”

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ ।”

उहाँले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएकोतर्फ सङ्केत गर्दै भन्नुभयो, “युद्धविराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।”

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहोर्‍याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताउनुभयो ।

ब्लिन्केनले गाजामा दीर्घकालीन उपस्थितिको समर्थन गर्ने इजरायली नेतृत्वको भनाइलाई अस्वीकार गर्दै युद्धको अन्त्य इजरायलको हितमा छ र युद्धपछि सम्झौता हुनु आवश्यक छ भन्ने आफ्नो अडान दोहोर्‍याउनुभयो ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको अभूतपूर्व आक्रमणका कारण एक हजार २०८ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमास आक्रमणको बदलामा गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ४५ हजार ९७ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रसङ्घको तथ्याङ्कअनुसार इजरायली आक्रमणबाट गाजास्थित प्यालेस्टिनी इलाकाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ, जसका कारण १९ लाखभन्दा बढी प्यालेस्टिनीहरू विस्थापित भएका छन् । यो गाजाको कुल जनसङ्ख्याको करिब ९० प्रतिशत हो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com