ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछानेको तस्बिर सार्वजनिक गरेको जिम्मा निकोलस भुसालले लिए


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार   ४ : २९   बजे

काठमाडौं ४ पुष । सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने बहस सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले हिरासतभित्रको फोटो सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथिसमेत अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेका छन् ।

आफूलाई सामाजिक अभियन्ता बताउने डा। निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको दाबी गरेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मैले हिरासतभित्र गएर पनि खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए ।’

निकोलसले बिहीबार आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका छन् । ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’

बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् । उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ उनले भने, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group