ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले अनुसन्धान गर्दै


एबीसी न्यूज

काठमाडौं ४ पुष । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भनिएको एउटा तस्वीर गएरातिदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछाने जस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीर राख्दै रास्वपाका नेता दीपक बोहराले कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो रु यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न पक्ष–विपक्षमा भइरहेको छ । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न उठाएका छन् ।

रास्वपा समर्थक डा।निकोलस भुसालले तस्बिर आफूले खिचेको दाबी गर्नुभएको छ । लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका भुसालले दुई दिनअघि फेसबुकमा यो तस्वीर राखेर हटाएको भन्दै फेसबुकमा चर्चा भइरहेको छ । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भयो, माफी चाहान्छु’ भुसालले फेसबुकमा लेख्नुभएको छ ।

प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘हिरासतभित्रको तस्वीर कसैले पनि सार्वजनिक गर्न मिल्दैन, हामी यसबारे अनुसन्धान गरिरहेका छौँ’ नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले उज्यालोसँग भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com