ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता


एबीसी न्यूज
असार ४, २०८३ बिहीबार   ८ : ००   बजे

काठमाडौं, ४ जेठ । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू सकिएका छन् । यस चरणमा १५ टोलीले जित दर्ता गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएका छन् भने १५ टोलीले हारको सामना गर्दै सुरुवाती दबाब झेलेका छन् । त्यस्तै, बाँकी १८ टोलीले भने बराबरी खेल्दै समान १–१ अंक बाँडेका छन् ।

समूहगत नतिजा हेर्दा समूह ‘ए’ मा मेक्सिको र साउथ कोरियाले विजयी सुरुवात गरेका छन् भने चेक रिपब्लिक र साउथ अफ्रिका पराजित भएका छन् । आयोजकमध्येको एक अमेरिका र अस्ट्रेलियाले समूह ‘डी’ मा जित निकाल्दा टर्की र पराग्वेले हार बेहोरेका छन् । समूह ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट विजयी बन्दा इक्वेडर र कुरासाओ अंकविहीन छन् ।

त्यस्तै, समूह ‘आई’ मा नर्वे र फ्रान्सले सुखद सुरुआत गर्दा सेनेगल र इराक स्तब्ध बन्न पुगेका छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अस्ट्रियाले जित निकाल्दा अल्जेरिया र जोर्डन हार भोग्न बाध्य भए भने समूह ‘एल’ मा इंल्याण्ड र घानाले विजयी सुरुवात गर्दा पानामा र क्रएसिया अंकविहीन बनेका छन् ।

केही समूहहरूमा भने निकै प्रतिस्पर्धात्मक र सन्तुलित खेलहरू देखिएका छन् । समूह ‘बी’ का स्वीट्जरल्याण्ड, क्यानडा, कतार र बोस्निया एण्ड हर्जगोभिना, समूह ‘जी’ का न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट तथा समूह ‘एच’ का स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डेका सबै खेलहरू बराबरीमा सकिएका छन्, जसका कारण यी समूहका सबै टोलीले समान १–१ अंक बाँडेका छन्।

यसैगरी, समूह ‘सी’ मा स्कटल्याण्ड विजयी हुँदा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् भने हैटी पराजित भएको छ । समूह ‘एफ’ मा स्वीडेनले जित निकाल्दा जापान र नेदरल्याण्ड्सले अंक बाँडेका छन् भने ट्युनिसियाले हार ब्यहोरेको छ ।

पहिलो राउण्डका खेल सकिँदासम्म अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई शीर्ष स्थानमा उभ्याएका छन् । अल्जेरियाविरुद्धको खेलमा उत्कृष्ट ह्याट्रिक गर्दै उनले आफ्नो खातामा ३ गोल जोडिसकेका छन् । उनी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

मेस्सीलाई पछ्याउने क्रममा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे र इङ्गल्याण्डका कप्तान ह्यारी केनले २–२ गोल गरेका छन् । त्यस्तै,नर्वेका युवा खेलाडी अर्लिङ हालान्डले पनि डेब्यु खेलमै २ गोल गर्दै आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।

त्यसैगरी, जर्मनीका काई हाभर्ट्ज, न्यूजील्याण्डका एलिया जस्ट, स्वीडेनका यासिन अयारी र अमेरिकाका फोलारिन बालोगुनले पनि पहिलो राउण्डमै दुई गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group