काठमाडौं, ४ जेठ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सदनमा जवाफ दिने खोजेपछि विपक्षी दलले आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद गुरु बरालले मन्त्रालयसँग सम्बन्धित रहेर प्रधानमन्त्रीको निर्देशनमा समय तोक्ने र जवाफ दिने प्रबन्ध नियमावलीमा भए पनि त्यसले राम्रो सन्देश नदिने बताए ।
उनले भने, ‘उपनियम ९ ले सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भनेको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीसँग छ, योजना आयोग प्रधानमन्त्रीसँग छ, उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्रीसँग छ, स्वयम् प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्रीसँग छ। यसो भइसकेपछि अब प्रधानमन्त्रीले अहिले अधिकार प्रत्यायोजन त गर्दिनुभयो, तर यो अधिकार त सधैँका लागि होइन होला ।’अहिले अर्थमन्त्रीले अर्थमन्त्रीले दिएको जवाफ स्वीकार्य हुने बताए ।
उनले थपे, ‘प्रधानमन्त्री र उहाँसँग सम्बन्धित मन्त्रालयको जवाफ स्थायी रूपले अर्थमन्त्रीलाई त्यो जिम्मेवारी हस्तान्तरण गरेको हो रु प्रधानमन्त्रीले भने हामी नयाँ ढङ्गले उहाँलाई उहाँको जिम्मेवारी बोध गर्छौँ र उहाँको कुरा सुन्न हामी सहज हुन्छ। तर होइन भने त यो नियमलाई ठिक ढङ्गले बुझिदिनुपर्यो ।’ सभामुखले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले अधिकार दिएर पठाएको भन्दै बैठक अगाडि बढाए।







प्रतिक्रिया दिनुहोस्