काठमाडौं, ४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइन तथा सामाजिक सञ्जालमा जथाभाबी बोल्नेलाई कारबाहीको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमा गृह मन्त्रालयको विनियोजनमाथि छलफलमा प्रष्टीकरण माग गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
गृहमन्त्री सुधन गुरुङले दिएको जवाफमा प्रष्टीकरण माग गर्दै उनले ‘अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ? ’ भन्दै प्रश्न गरेका थिए ।
आजको संसदमा ९ मन्त्रालयसहित १३ निकायको छलफल भई आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।







प्रतिक्रिया दिनुहोस्