काठमाडौ १२ पौष । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकालाई नेपाल प्रहरीले तीन दिनपछि भक्तपुरबाट सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी थिइन् । सिन्धुपाल्चोक घर भई पशुपतिमा चिया व्यापार गर्दै आएकी ३४ वर्षीया ...