काठमाडौ १२ पौष । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकालाई नेपाल प्रहरीले तीन दिनपछि भक्तपुरबाट सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी थिइन् ।
सिन्धुपाल्चोक घर भई पशुपतिमा चिया व्यापार गर्दै आएकी ३४ वर्षीया लक्ष्मी सुनुवारले एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी गरेकी थिइन् । उक्त सुचना पाएसंगै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजि कार्य तिव्र पारेको थियो। अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी श्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्