ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्


एबीसी न्यूज
पुस ५, २०८२ शनिबार   ७ : २६   बजे

काठमाडौं, ५ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएकाछन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन । संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र त्यसपछि धकेल्ने काम सरकारले गरे त्यसको विरुद्ध आफूहरु सडक संघर्षमा जाने समेत बताए । उनले निर्वाचन पछि धकेलेर सरकारले फेरी संविधान मिच्ने काम गर्न नहुने दोहो¥याए । उनले भने, ‘हामीले भनेका छौ–सहज ढंगले निर्वाचन सम्पन्न होस । सरकारलाई हामी भन्न चाहन्छौ–तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नु होला । यदि तपाईहरुले संविधान बारबार मिच्ने, एक चोटी त मिचिइसकिएको छ । त्यसमा हामीले देशको असहज स्थितिलाई हेरेर यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो । तर फेरी यो सरकारले निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम ग¥योभने फेरि संविधान मिचिन्छ । यो काम ग¥यो भने हामी चुप लागेर बस्ने छैनौ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरियोस । यदि त्यसो गरिएन भने, हामीमाथि खेलाची ठानियो भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’ संयोजक प्रचण्डले निर्वाचनलाई अघि बढाउने कुरामा कसैले पनि ब्यवधान खडा गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

कांग्रेसको आन्तरिक कलह ः कांग्रेस नेता, केसी, भिडियो

सम्बन्धित

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

गणतन्त्रका परजीवीहरू

“मेरो मात्र होइन, अब तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त!” – छानबिन समितिलाई पूर्वगृहमन्त्री गुरुङको काउन्टर

परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली पत्रकार भेटघाटको मुख्य सारांश

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

षित खाद्यवस्तुले वर्षेनी ४ लाख २० हजारको ज्यान, नेपालमा स्थिति अझ डरलाग्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group