ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले भने– समितिमा चलखेल हुन थाल्यो, नकचराहरूको देश छ


एबीसी न्यूज

काठमाडौं १२ पौष । सांसदहरूले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीबारे विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उपस्थित सरोकारवाला निकायका अधिकारीलाई उनीहरूले प्रश्न गरेका हुन् ।

सांसदहरूले सो विषयमा आफ्ना धारणा र विगतका अनुभव एवं कार्यका विषयमा पनि जानकारी गराए । विभिन्न विषयमा बनाइने छानबिन समितिप्रति नै कतिपय सांसदले प्रश्न गरेका छन् । समितिमा चलखेल हुन थालेको सांसदको आरोप छ ।

सांसद श्रेष्ठको प्रश्न– प्रधानमन्त्रीसँग बयान लिने समितिको ल्याकत छ ?
एउटै विषयमा धेरै संसदीय समितिमा छलफल र कारबाही अघि बढाइएको विषयमा समेत सांसदहरूले असन्तुष्टि जनाए ।

बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार ९कानुन० टोपबहादुर विष्टलगायत अधिकारी उपस्थित थिए ।

विद्या भट्टराई
समितिले काम गर्दै छ भनेर पन्छिन सरकारलाई सजिलो भएको छ । नियामक हुँदै किन समिति आवश्यक पर्‍यो । यो ठूलो विषय हुँदा अन्य समितिको पनि ध्यानाकर्षण भएको होला । जे कुरा भयो ऐनले बिगार्‍यो भन्छौँ, त्यही छिद्र समातेर काम गर्छौँ सुरुमा । यस्तो कैलेसम्म रु

प्रभु हजारा
समितिमा पनि चलखेल हुन थाल्यो । श्रीमान्–श्रीमतीको नाममा सेयर छ, अडिट रिपोर्टहरूमा पनि ऋण लिएको देखिएको छ । संसदीय छानबिनबिना अर्थ छैन । अरूअरू थुप्रै विषय आउँछ, हराएर जान्छ । सुनकण्ड, लालितनिवास छ । संसदीय समिति बनाउन आवश्यक ।

चन्द्र भण्डारी
हामीलाई जति बेला पनि किन्न सक्छौँ, आफ्नो कोल्टामा पार्न सक्छौँ भन्ने भयो । हाम्रो राजनीति, यो राष्ट्रनीति भएन । एनसेल आएदेखि नै हामी बारम्बार यसमा छौँ । पहिले नै जोड दिएको छ, यो अवस्थामा पुग्ने थिएनौँ । सैद्धान्तिक रूपमा स्पष्ट नभएसँग हामी कुनै पनि कुरा पार ल्याउन सक्दैनौँ । कतै न कतै उनीहरू र नेपालका जिम्मेवार व्यक्ति नमिले यो सम्भव हुँदैन । यसलाई रोक्नुपर्छ । यस्तो कुरा भोलिको दिनमा दोहोरिन भएन ।

पहिला म अर्थ समितिमा हुँदा करको कुरा आउँदा यति पैसा बाँड्न खोज्यो, क्षेत्राधिकारभित्र नपर्ने समितिले निर्यण गर्‍यो, समितिले पैसा खायो – धन्न अन्तर्राष्ट्रिय अदालतबाट निर्णय भयो । यस्ता नकाचराहरू को देश छ ।

अधिकार नभएका समितिमा यसको छलफल भइरहेको छ । त्यहाँ पनि खोट छ । बिगार्नेहरू देशभित्रै छन् । यसै समिति मातहत ठोस निर्यण हुनुपर्ने माग गर्छु ।

छविलाल विश्वकर्मा
अन्तर्समिति समन्वय आवश्यक देखियो । आर्थिक, वैदेशिक लगानी जोडिएकाले लेखा, अर्थ समितिमा पनि क्षलफल होला । तर, उठाउनुपर्ने यो समितिले हुनुपर्छ । यो तरिका ठिक भएन । हाम्रो अभ्यासमा पनि अपरिपक्वता देखियो ।

सबै जनतासँग जोडिएको विषयमा यो समिति चुप लागेको सुहाएन । अहिले समितिले अध्ययन गरिरहेको छ भनिएको छ । त्योभन्दा पहिले सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com