ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना


एबीसी न्यूज

काठमाडौं १२ पौष । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ ।

हमास लडाकु समूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले दुर्घटनाको जिम्मेवारी लिएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो ।

इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ ।

इजरायलले अक्टोबर ७ मा एक हजार १४० जनाको ज्यान जाने गरी भएको रक्तपातपूर्ण आक्रमणको बदलामा हमासलाई नष्ट गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको बमबारी र स्थलआक्रमणमा परी कम्तीमा २१ हजार ११० जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

गाजामा युद्ध सुरु भएदेखि इराकमा इस्लामिक रेजिस्टेन्सले इराक र सिरियामा अमेरिकी र अन्तर्राष्ट्रिय गठबन्धन सेनाविरुद्ध भएका थुप्रै आक्रमणको जिम्मेवारी लिएको छ ।

वासिङ्टनले अक्टोबर १७ यता इराक र सिरियामा आफ्ना सेनाविरुद्ध १०३ वटा आक्रमण गरेको अमेरिकी सेनाका एक अधिकारीले बताएका छन् ।

तीमध्ये अधिकांश आक्रमणको जिम्मेवारी इराकमा इस्लामिक रेजिस्टेन्सका समूहले लिएका छन् । उक्त समूहले हमासविरुद्धको युद्धमा इजरायललाई अमेरिकी समर्थनको विरोध गरेको छ ।

यस समूहले अहिलेसम्म इजरायली हितविरुद्ध प्रत्यक्ष आक्रमणको दाबी गरेको छ ।

इजरायलले सन् १९६७ को अरब–इजरायल युद्धमा सिरियाबाट गोलान हाइट्सको केही भाग जितेको थियो भने सन् १९८१ मा उक्त क्षेत्र कब्जा गरेको थियो । उक्त क्षेत्रमा युद्ध गरेका ती मुलुकबचि युद्धविराम गर्दै शान्तिका लागि सम्झौता गरेका थिए । यद्यपि, यो सम्झौतालाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com