काठमाडौँ, १२ जेठ । काभा महिला भलिबल च्यालेञ्ज कपमा घरेलु टोली नेपाल र काजकस्तान फाइनल प्रवेशका लागि भिड्दै छन् । उक्त खेल दिउँसो पाँच बजे राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा हुने छ । साबिक विजेता नेपाल लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुने छ । ...