ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० वर्षपछि न्युक्यासल च्याम्पियन्स लिगमा छनोट


एबीसी / संवाददाता
जेष्ठ ९, २०८० मंगलबार  ८ : ३२ बजे

काठमाडौँ, ९ जेठ । इंग्लिस प्रिमियर लिग क्बल न्युक्यासल युनाइटेड २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको छ ।

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र लेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा रोकिएपछि न्युक्यासलले शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा इडी हाउको टोली न्युक्यासलले खेल अवघिभर राम्रो पकड बनाए पनि डेडलक भने तोड्न सकेन ।

न्युक्यासलले ७८ प्रतिशत पोजिसन राख्न सफल भएको थियो भने तीन पटक गोलका लागि ठुलो अवसरसमेत पाएको थियो । तर, त्यसलाई सदुपयोग भने गर्न सकेन छ ।

कलुम विल्सनले गरेको प्रहार बारमा लागेर फर्कियो । विल्फ्रिद एनडिडीले गरेको हेडर प्रहारले पनि पोस्टको दिशा लिन सकेन । दोस्रो हाफमा पनि एलेक्जेन्डर इसाकले न्युक्यासलका लागि गरेको प्रहार गोलरक्षक ड्यानिल इभरसनले एक्रोबेटिक मुभमार्फत् रोकेका थिए ।

ब्रुनो गुइमारेसले गरेको प्रहार बारमा लागेर फर्कियो । तर, न्युक्यासललाई शीर्ष ४मा अटानउ बराबरी पनि पर्याप्त थियो । यो नतिजापछि न्युक्यासलले लिगको एक खेल बाँकी हुँदा ७० अंक बनाएको छ । न्युक्यासल पाँचौँ स्थानको लिभरपुलभन्दा ४ अंकले माथि छ ।

पछिल्लो पटक २००३/०४ को सिजनमा न्युक्यासल सर बबी रोबसनको नेतृत्वमा युरोपको सबैभन्दा ठुलो प्रतियोगिता खेलेको थियो । यत यो बराबरीपछि लेस्टर रेलिगेट हुने खतरा बढेको छ । १८औँ स्थानमा रहेको लेस्टरको ३७ खेलबाट ३१ अंक छ । पछिल्ला १५ खेलमा मात्रै एक जित दर्ता गरेको लेस्टरले अब अन्तिम खेलमा वेस्ट ह्यामलाई हराएर मात्र पुग्दैन । १७औँ स्थानको एभर्टनको नतिजामा पनि भर पर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com