ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भलिबलमा नेपालले आज बंगलादेशसँग खेल्दै


एबीसी न्यूज

 

काठमाडौं ९ जेठ। एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।

समूह ए मा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।

बंगलादेश भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध सहज जित निकाल्दै भारतसँग अन्तिम खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाउन सक्छ ।

आजै यस समूहमा भारत र कीर्गिस्तानबीच पनि खेल हुनेछ । भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दुवै खेल राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा हुनेछ ।

यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ । काजस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो । यदि काजखस्तान र उज्वेकिस्तान आज पनि विजयी भए समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com