काठमाडौं, १६ फागुन । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिह गर्न माग गर्दै पत्प्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अश्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो । यो आदेशसँगै अब लेखकलाई सरकारले कम्तीमा २४ दिनसम्म हिरासतमै राखेर जेनजी आन्दोलनमा भएको दमनको बारेमा अनुसन्धान र बयान लिन पाउने भएको छ ।








प्रतिक्रिया दिनुहोस्