ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलीमाथि शुभमन भारी, मुम्बई प्लेअफमा


एबीसी / संवाददाता
जेष्ठ ८, २०८० सोमबार  ६ : ५७ बजे

काठमाडौँ, ८ जेठ । शुभमन गिलले शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

बेंगलोरमा घरेलु टोलीले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । गुजरातको जितमा शुभमन गिल ५२ बलमा ८ छक्का र ५ चौकासहित १०४ नटआउट रहे । गिलको यो लगातार दोस्रो शतक हो । गिलले यसअघि सनराइजर्स हैदरावादविरूद्ध १०१ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यस्तै, विजय शंकरले ५३, ऋद्धिमान साहाले १२ रनको पारी खेल्दा डेविड मिलर ६ रनमा आउट भए ।

बेंगलोरका मोहम्मद सिराजले २ विकेट लिए । जियकुमार वैश्यक र हर्षल पटेलले समान एक विकेत लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनायो । बेंगलोरका विराट कोहली ६१ बलमा एक छक्का र १३ चौकासहित सर्वाधिक १०१ रनमा नटआउट रहे । कोहलीको योसँगै आइपिएलमा सर्वाधिक ७ शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

उनीपछि क्रिस गेलले ६ र जस बटलरले ५ शतक प्रहार गरेका छन् । कोहलीको यो लगातार दोस्रो शतकसमेत हो । तर, बेंगलोर बाहिरिनु पुग्यो । फाफ डु प्लेसिस २८, माइकल ब्रेसवेल २६, ग्लेन म्याक्सवेल ११ रनमा आउट भए । अनुज रावत १५ बलमा १ छक्का र १ चौकासहित २३ रनमा नटआउट रहे ।

हारसँगै बैंगलोर प्रतियोगिताबाट बाहिरियो भने मुम्बईले प्लेअफमा स्थान बनायो ।

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा रह्यो । चेन्नई ८ मा जित र ५ मा हरसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदा समान १७ अंक भए पनि लखनऊ रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रह्यो । मुम्बई १४ खेलमा ८ मा जित र ६ मा हारसहित १६ अंकका साथ चौथो स्थानमा रह्यो । १४ अंक जोडेर पाँचौँ स्थानमा रहेको बेंगलोर बाहिरियो ।

शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफार हुने छ । जित हात पार्ने टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोली दोस्रो क्वालिफायरमा पुग्ने छ ।

लखनऊले एलिमिनेटरमा मुम्बईसँग खेल्ने छ । एलिमिनेटरमा जित हात पार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टोली बाहिरिने छ । दोस्रो क्वालिफारयको विजेता टोली फाइनल पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com