ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बई क्वालिफायरमा


एबीसी / संवाददाता

काठमाडौँ, ११ जेठ । आकाश माधवलको उत्कृष्ट बलिङप्रेरित मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सविरुद्ध ८१ रनको फराकिलो जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा खेल्ने भएको छ ।

बुधबार राति चेन्नाईमा भएको इलिमिनेटरमा मुम्बईले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले १६.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमात्र जोड्न सक्यो । मुम्बईविरुद्ध लखनउका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । मार्कुस स्टोइनिसले ४०, काइल मयेर्सले १८ र दीपक हुडाले १५ रन जोडे ।

लखनउलाई सस्तैमा समेट्न मुम्बईका कशिलो बलिङ गरेका आकाशले पाँच विकेट लिए । ३.३ ओभर बलिङ गरेका आकाशले पाँच रनमात्र खर्चिए । यसबाहेक, क्रिश जोर्डन र पियुश चावलाले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो । मुम्बईका म्यामरुन ग्रीनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहल वाधेराले २३, रन बनाए । इशान किशनले १५, टिम डेविडले १३ र कप्तान रोहित शर्माले ११ रन थपे ।

लखनउका नवीन उल हकले चार विकेट लिएका थिए । यश ठाकुरले तीन विकेट लिँदा मोसिन खानको नाममा एक विकेट रह्यो ।

मुम्बईले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध खेल्ने छ । यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नाई सुपर किङ्सले फाइनलमा स्थान बनाएको थियो । मुम्बई र गुजरातबीचको क्वालिफायर शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अमेरिकाको इरानसँगको युद्ध र सम्भावित खतरा

सम्बन्धित

सिङ्गापुरलाई हराउँदै नेपालकाे विजयी शुरुआत

इस्ट जोन कप : नेपाललाई सिङ्गापुरले १ सय ३९ रनको लक्ष्य दियो

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि :नेपालले सिङ्गापुरसँग खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि स्कटल्यान्डलाई : नेपाल ३४ रनले पराजित

टी–२०आई सिरिजमा नेपाल ६ विकेटले विजयी

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com