काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा जुटिरहेको सरकारविरुद्ध ‘भ्रष्टाचारको झुठो आरोप’ लगाउने काम भएको बताउनुभयो। प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सरकारका असल प्रयासविरुद्ध तल्लोस्तरमा झरेर बदनाम गर्न खोजिएको बताउनुभयो । कोरोनाविरुद्धको खोप खरीमा भ्रष्टाचार भएको भनी लगाइएको आरोप निराधार भएको ...