काठमाडौं, २७ बैशाख । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । २९ वैशाखमा निषेधाज्ञा सकिन लागेकोमा तीनवटै जिल्ला प्रशासन कार्यालयले १५ दिन थपेका हुन् । निर्णयहरुमा उपत्यकामा मानिसको आवत जावतलाई घटाउन १५ दिनका लागि निषेधाज्ञालाई कडी कडाईका साथ लागू गर्न थप आदेश जारी गर्ने निर्णय गर्ने, अक्सिजनको आपूर्ति सहज बनाउन कडाई गर्ने, परीक्षण र कन्ट्याक्ट परीक्षण गर्नेलगायतका निर्णयहरु समेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्