ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शय्या र अक्सिजन नपाएर ज्यान गुमाउँदै सङ्क्रमित


एबीसी / संवाददाता

काठमाडौँ, २६ वैशाख ।  चाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि यही वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका लामिछानेले आइसियू नपाउँदा ज्यान गुमाउनु परेको हो ।

भक्तपुर अस्पतालमै कोरोना सङ्क्रमण निको भएर घर फर्किएका लामिछानेका छिमेकी जयराम बाँस्तोलाले भए भेन्टिलेटर, नभए आइसियू मात्रै भए पनि चाहियो भनेर उपत्यकाभरिका अधिकांश अस्पतालमा दुई दिन अघिदेखि खोज्दा पनि कतै आइसियू नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आइसियूका लागि पत्रकार, नगर प्रमुखहरु, अस्पतालका प्रमुखदेखि प्रतिनिधिसभाका सांसद महेश बस्नेतसम्मलाई भनेर खोज्दा पनि आइसियू पाइएन, सांसद बस्नेतले भोलिपल्टका लागि आइसियूको जोहो गरिदिने भनेको केहीबेरमै भक्तपुर अस्पतालमा लामिछानेको ज्यान गयो ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले लामिछाने त नमूना पात्र मात्रै भएको बताउनुभयो । लामिछानेकै लागि रातको १२ बजेदेखि विभिन्न अस्पतालदेखि विभिन्न निकायको हाकिमहरु समेतलाई हारगुहार गर्दा पनि आइसियू नपाउँदा ज्यान गएको बताउनुभयो । सङ्क्रमितमध्ये धेरैले अचेल अस्पतालमा शय्या र अक्सिजन खोज्दाखोज्दै ज्यान गुमाउन थालेको बताउँदै उहाँले यस्तो अवस्था आउनु निकै दुःखको कुरा भएको बताउनुभयो ।
पत्रकार पेशल आचार्य आफ्ना छिमेकीदेखि आफन्तसम्मका लागि आइसियू खोज्दा पनि नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारले भए अस्पतालमा शय्या मिलाइदिन्छन् भनेर धेरै आशा राखेर फोन आउँछ, तर पत्रकार साथी र आफन्तका लागि समेत आइसियू र भेन्टिलेटर खोज्दा पनि पाइँदैन, अवस्था विकराल बन्दैछ ।”

भक्तपुरमा अहिले भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मात्रै कोभिडका बिरामी राखेर उपचार गरिरहेका छन् । भक्तपुर अस्पतालले छ शय्याको मात्रै आइसियू छ भने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नौ शय्याका आइसियू खाली छैन । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालका सबै आइसियू भरिएका र आइसियू पाउनकै बिरामी पालो कुरेर बसिरहेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले छ शय्याको आइसियू र २५ शय्याको हाइकेयर युनिट सञ्चालनमा ल्याए पनि बिरामीको चाप अत्याधिक बढेकाले आइसियूको अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा बिरामी थेग्नै नसक्ने गरी बिरामी आएका छन्, निजी अस्पतालले पनि कोरोनाका बिरामीलाई भर्ना नगरी यहीँ पठाइदिन्छन्, जनस्वास्थ्यले पनि यहीँ पठाइदिन्छ । अस्पताल आउने सबै विरामीलाई अक्सिजन दिनैपर्ने हुन्छ, आइसियूमा राख्नु पर्ने बिरामीलाई पनि आइसियू दिन सकिएको छैन ।”

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मात्रै कोरोनाका बिरामी भर्ना गर्ने भएकाले अस्पतालमा शय्या अभाव भएको बताउनुभयो । निजी अस्पतालले कोरोनाका बिरामीको उपचार शुरु नगरेका कारण यी दुई अस्पतालमा चाप बढेको बताउँदै उहाँले बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको र शय्या थप नहुँदा बिरामीले आइसियू, भेन्टिलेटर र अक्सिजनकै अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आएको बताउनुभयो ।

अस्पतालका प्रशासनका अनुसार आइसियूमा भर्ना भएका विरामी कि  निको भएर घर फर्किएपछि कि त ज्यान गए पछि मात्रै खाली हुने शय्यामा पनि तत्कालै अर्को बिरामी राख्नु पर्ने अवस्थाका कारण शय्या खाली नै नहुने गरेको हो । भक्तपुरमा सिद्धि स्मृति अस्पतालले सुुविधा सम्पन्न कोभिड ब्लक निर्माण गरेर कोभिडका विरामीको उपचारका लागि तयारी गरेको छ ।

जिल्लाका इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल, समिट अस्पताल सञ्चालन भए पनि कोभिडका विरामीको उपचार यी अस्पतालले नगरेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताउनुभयो ।
निजीतर्फ जिल्लाको ठूलो अस्पतालको रुपमा रहेको दुवाकोटको काठमाडौंँ मेडिकल कलेजले समेत विभिन्न बाहना बनाएर कोभिडको बिरामी भर्ना नगर्दा जिल्लामा सङ्क्रमित भएकाहरुलाई उपत्यकाको अस्पताल खोज्दै भौँतारिनु परेको उहाँले बताउनुभयो । भक्तपुर अस्पतालको मेसु गौतमले भन्नुभयो, “अस्पतालसँग समन्वय नै नगरी अरु अस्पतालले कोभिडका बिरामी भक्तपुर अस्पताल पठाइदिन्छन्, अस्पतालको सबै शय्या भरिएपछि पालसमेत राखेर अक्सिजन दिएर ८० भन्दा बढी शय्यामा कोभिडका बिरामीको उपचार गरिरहेका छौँ, हाम्रो अस्पतालमा डाक्टरदेखि स्वास्थ्यकर्मी रातदिन नभनी निरन्तर खटिरहेका छौँ ।”

अक्सिजनको अभाव भएपछि आजदेखि जनकपुरदेखि अक्सिजन ल्याउन थालेको बताउँदै उहाँले आइसियू थप्ने बजेट आएमा बिरामीलाई सहज हुने बताउनुभयो । भक्तपुर अस्पताल आएका बिरामीको कोभिड आकस्मिक ब्लकमा राखेर अक्सिजन दिएर उपचार गरिरहेको उहाँको भनाइ छ । आइसियू अभावले बिरामीलाई समस्या परेको उहाँ बताउनुहुन्छ ।

भक्तपुरमै अक्सिजन अभावमा गत बिहीबार कौसलटारको भक्तपुर इन्टरनेशनल अस्पतालमा कोभिडको दुई बिरामीको ज्यान गएको थियो भने अक्सिजन र आइसियू खोज्दाखोज्दै होम आइसोलेसनमा बिरामीको ज्यान जान थालेको जनप्रतिनिधिहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com