ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले राजीनामाबारे आफूहरुले विचार गर्छौं भन्‍नु भएको छ – नेता पौडेल


एबीसी / संवाददाता
बैशाख २६, २०७८ आईतबार  ४ : ५४ बजे

काठमाडौं, २६ बैशाख ।  नेकपा (एमाले) ओली समूहका नेता विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाबारे आफूहरुले विचार गर्ने वचन दिएको बताउनुभयो । नेता सुवासचन्द्र नेम्वाङ र पौडेलले सिंहदरबारमा नेता नेपालसँग छलफल गरेपछि उक्त प्रतिक्रिया दिनुभएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको माग पूरा नगरेको भन्दै राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु आइतबार दिउँसो संसद् सचिवालय पुगेका थिए । उनीहरुको राजीनामा रोक्ने प्रयासस्वरुप ओलीले नेताहरु नेम्वाङ र पौडेललाई वार्ता गर्न पठाउनुभएको थियो । बैठक सकिएपछि नेता नेम्वाङले भन्नुभयो पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच छलफल भएपछि हामीलाई यहाँ पठाउनु भएको हो । पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्‍ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं । नेता नेपाल भने आफू पक्षीय सांसदहरुसँगको छलफलमा जुट्नुभएको । संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बसिरहेको छ । नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसदहरू छलफलमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com