काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) ओली समूहका नेता विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाबारे आफूहरुले विचार गर्ने वचन दिएको बताउनुभयो । नेता सुवासचन्द्र नेम्वाङ र पौडेलले सिंहदरबारमा नेता नेपालसँग छलफल गरेपछि उक्त प्रतिक्रिया दिनुभएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको माग पूरा नगरेको भन्दै राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु आइतबार दिउँसो संसद् सचिवालय पुगेका थिए । उनीहरुको राजीनामा रोक्ने प्रयासस्वरुप ओलीले नेताहरु नेम्वाङ र पौडेललाई वार्ता गर्न पठाउनुभएको थियो । बैठक सकिएपछि नेता नेम्वाङले भन्नुभयो पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच छलफल भएपछि हामीलाई यहाँ पठाउनु भएको हो । पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं । नेता नेपाल भने आफू पक्षीय सांसदहरुसँगको छलफलमा जुट्नुभएको । संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बसिरहेको छ । नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसदहरू छलफलमा सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्