काठमाडौं,७ भाद्र । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले वर्तमान सरकार सफल भएको हेर्न चाहेको बताउनुभएको छ । प्रतिनिधीसभाको बिहीबारको बैठकमा कोइरालाले अहिले नेकपाको दुई तिहाइको सरकार भएकोले कांग्रेसले पनि साथ दिएको बताउनुभयो । सरकार असफल भए प्रजातन्त्र पनि असफल हुने उहाको भनाई छ ...