ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति मूल्याङ्कन अवैज्ञानिक हुँदा नगरवासी मारमा


bhawani desk

म्याग्दी, ७ भाद्र । एकीकृत सम्पत्ति कर सङ्कलनका लागि सम्पत्तिको मूल्याङ्कन अवैज्ञानिक हुँदा बेनी नगरपालिकाका बासिन्दा मारमा परेका छन् ।

सम्पत्ति मूल्याङ्कन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाइमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलनचल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्याङ्कन फरकफरक हुँदा सर्वसाधारण मर्कामा परेका हुन् ।

बेनी नगरपालिका–४ तातोपानीका विष्णुप्रसाद शर्मा नगरपालिकाले अवैज्ञानिक तवरले गरेको सम्पत्तिको मूल्याङ्कनका कारण रु तीन लाखको जग्गा किनबेच गर्दा रु ३७ लाख बरारबको कर तिर्नुपरेको बताउनुहुन्छ ।

केही दिन अघि रु तीन लाखको जग्गा किनबेच गर्न नगरपालिकाको सिफारिश लिएर मालपोतमा पुगेका तातोपानीका एक व्यक्तिले रु एक लाखभन्दा बढी कर तिर्नुपरेको भन्दै नगरप्रमुख हरिकुमार श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

नगरपालिकाको राजश्व परामर्श समितिले मूल सडक, सहायक सडक, घोरेटो बाटो, आवासीय र व्यावसायिक क्षेत्रको आधारमा एकीकृत सम्पत्ति करको दर निर्धारण गरेको थियो । नयाँ आर्थिक वर्षको शुरुवातसँगै बेनी नगरपालिकाले जग्गा र त्यहाँ बनेका घर, टहराको एकीकृत सम्पत्ति कर उठाउन शुरु गरेको छ ।

रु दश लाखसम्मको घर जग्गाको रु दुई सय, रु दश लाखदेखि रु २० लाखसम्मको प्रतिलाख थप रु २५, रु २० लाखदेखि रु ४० लाखसम्मको प्रतिलाख रु ३०, रु ४० देखि रु ८० लाखसम्मको प्रतिलाख रु ३५, रु ८० लाखदेखि रु एक करोड ५० लाखसम्मको प्रतिलाख रु ४०, रु दुई करोड ५० लाखदेखि रु चार करोडसम्मको प्रतिलाख रु ४३ तथा रु चार करोडदेखि माथिकोलाई प्रतिलाख रु ४५ का दरले एकीकृत सम्पत्ति करको दर निर्धारण गरिएको छ ।

मालपोत, नगरपालिका र चलनचल्तीको दररेट फरक फरक हुँदा अलमल भएको तातोपानीका टेकबहादुर फगामी बताउनुहुन्छ । नगरप्रमुख श्रेष्ठले सरोकारवालासँग छलफल गरेर वडा समितिको सिफारिशअनुसार नगरसभाबाट करको दर निर्धारण भएको बताउँदै सर्वसाधारणलाई मार पर्ने गरी कर उठाउने नियत नभएको बताउनुभयो ।

हालैको नगरकार्यपालिकाको बैठकले घडेरीयोग्य जग्गाको ५० फिटसम्मलाई घडेरी र त्यसभन्दा बढीलाई खेतबारी जे छ त्यहीको आधार मानेर सम्पत्ति मूल्याङ्कन गर्ने निर्णय गरी संशोधनको प्रक्रियामा रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । घडेरीसँग जोडिएका अन्य जग्गाको मूल्याङ्कनमा देखिएको समस्या फुकाउन कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको चरणमा रहेको लेखा अधिकृत युक्तप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com