ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु


एबीसी न्यूज
फाल्गुन १४, २०८२ बिहीबार   २ : १२   बजे

काठमाडौं, १४ फागुन । बेलायती प्रसारक BBC ले सार्वजनिक गरेको एक अनुसन्धानात्मक प्रतिवेदनले गत वर्ष भदौ २३ (सेप्टेम्बर ८) मा काठमाडौंमा भएको प्रदर्शनका क्रममा घातक हतियार प्रयोग गर्ने आदेश तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङबाट आएको दाबी गरेको छ।

रिपोर्टअनुसार राजधानीमा भएको जेनजी (Gen Z) नेतृत्वको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो। मृतकमध्ये सबैभन्दा कान्छा १७ वर्षीय श्रीयम चौलागाईं विद्यालयको पोसाकमै रहेका बेला टाउकोको पछाडिबाट गोली लागेर ढलेका थिए। भिडियो प्रमाणले उनी निहत्था रहेको र भीडबाट टाढा जाँदै गरेको अवस्थामा गोली लागेको देखाएको बीबीसीले जनाएको छ।

‘पिटर १’ कल साइन र आदेशको विवरण

बीबीसी वर्ल्ड सर्भिसको टोलीले घटनासम्बन्धी प्रहरीको आन्तरिक कागजात फेला पारेको उल्लेख गर्दै ‘पिटर १’ कल साइन प्रयोग गर्ने अधिकारीले कर्फ्यु लागू भएको १० मिनेटपछि “आवश्यक बल प्रयोग गर्न” आदेश दिएको जनाएको छ। स्रोतहरूका अनुसार ‘पिटर १’ तत्कालीन आईजीपी खापुङले प्रयोग गर्ने कल साइन थियो।

खापुङले आफूले आदेश दिएको कुरा अस्वीकार नगरे पनि गोली चलाउने निर्णय सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र कानुनी प्रक्रिया पूरा गरेर गरिएको दाबी प्रहरीको छ। नोभेम्बरमा अवकाश प्राप्त गरेका खापुङले पछिल्लो प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।

प्रदर्शनको पृष्ठभूमि

राजनीतिक भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमार्फत संगठित भएका १४ देखि २९ वर्ष उमेर समूहका युवाहरूले ‘युथ अगेन्स्ट करप्सन’ अभियानअन्तर्गत प्रदर्शनको आह्वान गरेका थिए। सरकारद्वारा फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्समा प्रतिबन्ध लगाएपछि अभियन्ताहरू ‘डिस्कोर्ड’ जस्ता प्लेटफर्ममा सरेका थिए।

प्रहरीको अनुमानभन्दा झन्डै १० गुणा बढी, करिब ३० हजार प्रदर्शनकारी माइतीघर मण्डलामा भेला भएका थिए। संसद नजिकै राखिएको अवरोध तोडिएपछि स्थिति तनावपूर्ण बनेको थियो।

१२:३० बजे कर्फ्यु घोषणा गरियो। अश्रुग्यास, लाठीचार्ज र रबरको गोलीले भीड नियन्त्रणमा नआएपछि प्रत्यक्ष गोली प्रयोग गर्न अनुमति मागिएको र १२:४० बजे घातक बल प्रयोगको आदेश आएको बीबीसीको दाबी छ।

रक्तपात र त्यसपछिको राजनीतिक परिणाम

१३:१५ बजे पहिलो मृत्यु भएको थियो। ३४ वर्षीय विनोद महर्जनलाई टाउकोमा गोली लागेको अवस्थामा अस्पताल लगिएको थियो, जहाँ उनको निधन भयो। १४:०९ बजे श्रीयम चौलागाईंलाई गोली लागेको दृश्य भिडियोमा कैद भएको बीबीसीले जनाएको छ।

त्यस दिनको घटनापछि देशभर आक्रोश फैलियो। भोलिपल्ट थप हिंसा भड्किँदा प्रहरी चौकी र सरकारी भवनहरूमा आगजनी भयो। कुल ७७ जनाको ज्यान गएको बताइएको छ।

सेप्टेम्बर ९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएका थिए। सेना परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको थियो।

तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्व प्रधानमन्त्री ओली, आईजीपी खापुङ तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको प्रत्यक्ष जिम्मेवारी लिन अस्वीकार गरेका छन्।

छानबिन प्रतिवेदन प्रतीक्षामा

घटनाबारे सार्वजनिक छानबिन जारी रहे पनि अहिलेसम्म कसैलाई जिम्मेवार ठहर्‍याइएको छैन। आगामी फागुन २१ मा आम निर्वाचन हुने तयारीबीच उक्त घटनाको प्रतिवेदन अझै सार्वजनिक भएको छैन।

उता, मृतक श्रीयमकी आमा न्यायको प्रतीक्षामा छन्। “मलाई अझै ऊ फर्किन्छ जस्तो लाग्छ, ऊ आफ्नो स्कुलको पोसाकमै छ,” उनले बीबीसीसँग भावुक हुँदै भनेकी छन्।

(बीबीसी आई इन्भेस्टिगेशन्समा प्रकाशित सुबिना श्रेष्ठ र दीपक खरेलको रिपोर्टमा आधारित)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group