ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर घटना तीन वर्ष पुग्दा पनि रोकिएन पीडितको आँशु


bhawani desk

भीमदत्तनगर, ७ भाद्र । शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ ।

बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै रासससँग भन्नुभयो ।

छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उहाँले दुःख मनाउ गर्नुभयो ।

टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिनुभएको छ । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बन्नुभएको छ । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो,” सीतादेवीले भन्नुभयो ।

कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो,” जनकका बुबा वीरसिंहले भन्नुभयो, “कहीँकतैबाटै सहयोग पाउन सकिएन, दोषीलाई कारवाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उहाँ बताउनुहुन्छ ।

घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतकहाँ बस्दै आउनुभएको छ । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति÷नातिनीको खर्च चलाएको छ ।” बुबा वीरसिंहले भन्नुभयो । नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुश्कल भएको उहाँ बताउनुहुन्छ ।

यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी श्रीमती मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्कनुभएको छैन । पतिवियोगको पीडा झेल्दै आउनुभएकी उहाँले पीडकलाई कारवाही गर्न भएको ढिलाइप्रति दुखेसो पोख्नुभयो ।

“घटना भएको तीन वर्ष भया,े म घर बाहिर निस्कन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “श्रीमान्ले त्यत्तिक्कै ज्यान गुमाउनुभयो, चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा÷छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीे बताउनुहुन्छ । उहाँका छोरा÷छोरी बुबाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।” उहाँले भन्नुभयो, “छोरा÷छोरीको पढाइप्रति सरकार गम्भीर बनोस् ।”

त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारवाही नभएकोप्रति निराश छ । बोहराका श्रीमती र छोरा÷छोरी काठमाडौँमा बस्दै आएका छन् । घरमा भेटिनुभएका बोहराका भाइ महेश दोषीलाई कारवाही भएमात्रै मृत आत्माले शान्ति पाउने बताउनुहुन्छ ।

“यति ठूलो घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएको देखिएन ।” उहाँले भन्नुभयो, “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।” घटनाका मुख्य आरोपी निर्वाचनमा सहभागी भएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

“कारवाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हँुदैन,” उहाँले भन्नुभयो । विसं २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए ।

उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौँमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

सवारी चालक अनुमतिपत्र अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः सभापति देउवा

रविको निवेदनमा आदेश आउँदै, सर्वोच्चबाहिर भीड

भिजिट भिसा प्रकरण: अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com