काठमाडौं,७ भाद्र । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले वर्तमान सरकार सफल भएको हेर्न चाहेको बताउनुभएको छ ।
प्रतिनिधीसभाको बिहीबारको बैठकमा कोइरालाले अहिले नेकपाको दुई तिहाइको सरकार भएकोले कांग्रेसले पनि साथ दिएको बताउनुभयो । सरकार असफल भए प्रजातन्त्र पनि असफल हुने उहाको भनाई छ ।
समाजको उन्नति गर्न सरकारलाई कांग्रेसले साथ दिने उल्लेख गर्दै कोइरालाले सरकारले राष्ट्रियताको कुरा गर्दै गर्दा जनताको गाँसबासको पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकमा सांसद अमृता अग्रहरीले रेशम चौधरीको रिहाइको माग गरेकी छिन् । जनताले जिताएर पठाएका व्यक्तिलाई यसरी जेलमा राख्न नहुने भन्दै उहाले निर्वाचित गरेर पठाएकोले चौधरी निर्दोष भएको र तत्काल रिहा गर्नुपर्ने माग गर्नुभयो । चौधरीलाई रिहा नगरे तराईमा आगो बल्ने उहाको चेतावनी थियो ।
बैठकमा सांसद मिनेन्द्र रिजालले नियमावलि कार्यान्वयन गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद रिजालले नियमावलिको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र परिच्छेद ८ बमोजिम मन्त्रीहरुसंगको प्रश्नोत्तर गर्ने व्यवस्था कार्यान्वयन तत्काल गर्न सभामुखको ध्यानाकर्षण समेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्