ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए


एबीसी न्यूज
असार १२, २०७७ शुक्रबार   ९ : ५४   बजे

काठमाडौं, १२ असार । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक÷एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष र दुई महिला छन् ।

सङ्क्रमितमा तनहुँको ब्यास नगरपालिकामा ४९ र ३० वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुष तथा नवलपरासीको गैँडाकोट र कावासोती नगरपालिकाका १९ जना पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

अहिले सबै जना सङ्क्रमितलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ७९२ पुगेको छ भने १०१ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा हालसम्म ७९२ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई सङ्क्रमितको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group