काठमाडौं, १ असार । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।ओलीले विभिन्न व्यक्तिले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएसँगै साइबर ब्युरोले ६१ वर्षीय प्रद्युम्त श्रेष्ठलाई पक्राउ गरेको हो।ब्युरोका सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुंगल ठेगाना भएका उनलाई सोमबार पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट आजै ४ दिन म्याद थप गरिएको छ । ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको तस्बिरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गर्ने काम भएको भन्दै उनीसहित तीन दर्जन हाराहारीका व्यक्ति विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो चरित्र हत्या भएको भन्दै उनले केही दिनअघि संसद्मा समेत कुरा उठाएकी थिइन् भने संसद्मै गृहमन्त्री सुधन गुरुङले उजुरी दिन आग्रह गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका थिए ।








प्रतिक्रिया दिनुहोस्