ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)


एबीसी न्यूज
असार १, २०८३ सोमबार   ८ : ५४   बजे

काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

उनले चालु आर्थिक वर्षको तुलनामा ७।२८ प्रतिशतले बजेट वृद्धि गरेर प्रस्तुत गरेको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबर बजेट ल्याएको थियो ।

अर्थमन्त्री शाहले प्रदेशको कृषि पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको बताए । विनियोजित कूल बजेटमध्ये विकास खर्चका लागि ५८।३८ प्रतिशत रकम छुट्याइएको छ । कूल बजेटमध्ये पूँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको ५८।३८ प्रतिशत हो ।

चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ छुट्याइएको छ । यो कूल विनियोजनको २४।३१ प्रतिशत हो । वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार अर्थात् १५।६७ प्रतिशत रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री शाहका अनुसार सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आर्थिक वर्षमा खर्च नभई वचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ ।

त्यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समान करणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फको ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फको ४८ करोड ५६ लाख र वैदेशिक सहायता ९६ लाख रुपैयाँ स्रोत परिचालन हुने अर्थमन्त्री शाहले बताए ।

अर्थमन्त्री शाहले प्रदेशको भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याइएको बताए । उनले पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार बजेट छुट्याएको बताए ।

तर, उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा घटेर आएको छ । चालु आर्थिक वर्ष मन्त्रालयका लागि ११ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्री शाहले वाचन गरेका अधिकांश पूर्वाधारका आयोजनाहरू विगतकै आयोजना हुन् ।

१४ वटा रणनीतिक सडक आयोजनाका लागि ६५ करोड र १२२ वटा नयाँ झोलुङ्गे पुल निर्माणका लागि ३६ करोड ७५ लाख विनियोजन गरिएको छ । प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माण गर्न ७५ करोड छुट्याइएको छ । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नारायण र डोल्पाको दुनै लगायतका शहरलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न ३७ करोड विनियोजन गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिमको भूकम्पपछिको पुनर्निर्माण तथा विपन्न आवास कार्यक्रमका लागि ३४ करोडभन्दा बढी रकम विनियोजन गरिएको शाहले बताए ।

कर्णाली सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न २३ करोड रुपैयाँ विनियोजन गरेको छ । अस्पतालमा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापन गर्न थप आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री शाहले बताए । उनका अनुसार दैलेख अस्पतालमा मिर्गौला डायलाइसिस सेवा विस्तार गरिने छ भने जलन उपचारका लागि प्रदेशमै व्यवस्था गर्न ४ करोड रुपैयाँ छुट्याइएको छ ।

सुत्केरी पोषण भत्तालाई निरन्तरता दिइएको छ । त्यस्तै, क्यान्सर, मुटु, मिर्गौला र अल्जाइमर जस्ता जटिल रोगका बिरामीको उपचार सहायताका लागि २ करोड ५० लाख रुपैयाँ छुट्याइएको अर्थमन्त्री शाहले बताए । बजेटमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन भत्तामा शतप्रतिशत वृद्धि गरी वार्षिक २४ हजार रुपैयाँ पुर्‍याइएको छ । कर्णाली समग्र आरोग्य अभियानमार्फत आयुर्वेद र वैकल्पिक चिकित्सालाई पनि जोड दिइएको छ ।

शिक्षा क्षेत्रमा ‘हप्ताको एक दिन किताबरहित शुक्रबार’ जस्ता सिर्जनशील कार्यक्रमलाई निरन्तरता दिइएको छ । शिक्षक अभाव भएका सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिमार्फत शिक्षण गर्न ७ करोड र गणित, विज्ञान तथा अंग्रेजी शिक्षक व्यवस्थापनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शाहले बताए ।

त्यसैगरी दशौँ खेलकुदको पूर्वतयारीका लागि ५ करोड, प्रदेश रङ्गशाला व्यवस्थापनका लागि ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शाहले बताए । मध्यपश्चिम विश्वविद्यालयमा आधुनिक पुस्तकालय स्थापना गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । सामाजिक विकास मन्त्रालयका लागी ६ अर्ब १० करोडभन्दा बढीको बजेट विनियोजन गरेको बताए ।

कर्णाली सरकारले कृषि र पशुपालन क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । जसका लागि कृषिलाई व्यावसायीकरण गर्न ३३ करोड रुपैयाँ तथा पशुपालन र नश्ल सुधार कार्यक्रमका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ । अर्थमन्त्री शाहले हिमाली क्षेत्रमा भेडा र च्याङ्ग्रा पालनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको बताए । त्यस्तै, सुर्खेतमा माछा पालनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ ।

उनले ‘एक गाउँ, एक फलफूल बगैँचा’ कार्यक्रमका लागि १९ करोड २२ लाख, कृषिको आधुनिकीकरणका लागि १ करोड ९६ लाख र ५ हेक्टरभन्दा बढी क्षेत्रमा कृषि गर्ने किसानलाई शतप्रतिशत ब्याज अनुदान दिइने बताए । जसका लागि ७ करोड विनियोजन गरिएको छ ।

शाहले सुर्खेत र मुगुमा कपास खेती गर्न ७ करोड, विपन्न नागरिकको जीविकोपार्जन कार्यक्रमका लागि ४ करोड र युवालक्षित कृषि कार्यक्रमका लागि ९ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।

प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लागि २ अर्ब ५२ करोड ८७ लाख ६८ हजार विनियोजन गरिएको अर्थमन्त्री शाहले बताए । जबकि, उक्त मन्त्रालयमा चालु आर्थिक वर्षमा २ अर्ब ५७ करोड बराबर बजेट थियो ।

आगामी वर्ष कृषिको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रिकीकरण प्राथमिकता दिइएको शाहले बताए ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि आगामी वर्ष ४ अर्ब ८१ करोड ९५ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष यो मन्त्रालयका लागि ३ अर्ब ८३ करोड बजेट थियो । प्रदेश सरकारले ‘एक घर, एक धारा’ र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी योजनालाई प्राथमिकतामा राखेको छ ।

वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि बहुप्रतिक्षित भेरी लिफ्टिङ खानेपानी आयोजना र शारदा नगरपालिकाको जलकुण्डा लिफ्टिङ आयोजनाका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशका तीन जिल्लामा जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्न २० करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।

विभिन्न सिँचाइ योजनाहरूका लागि ६ करोड ६३ लाख, सुर्खेतको बुलबुलेदेखि निकास खोलासम्मको बहुउद्देश्यीय परियोजना कार्यान्वयनका लागि २० करोड ३३ लाख ९० हजार, जुम्लाको जुम्ल्यामुल ताल बहुउद्देश्यीय आयोजनाका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । ठूला जलविद्युत आयोजनाहरूमा प्रदेश सरकारको समेत स्वामित्व रहने गरी सेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको पनि शाहले बताए ।

कर्णाली सुर्खेत विमानस्थल विस्तारका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि सारेको थियो ।

हरेक वर्ष दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि सङ्घीय सरकारसँग आवश्यक पहल गरिने योजना अघि सारिन्छ । तर सुर्खेत विमानस्थल विस्तारको योजना अहिलेसम्म अघि बढ्न सकेको छैन ।

बजेट भाषण गर्दै अर्थमन्त्री शाहले सुर्खेत विमानस्थलदेखि कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडान गर्ने कार्यक्रमसमेत घोषणा गरेका छन् । ‘संघीय सरकारको समन्वयमा प्रदेशका अन्य जिल्लाहरूमा नियमित हवाई उडान सेवा सुधार गरिने छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु,’ अर्थमन्त्री शाहले भने ।

सुर्खेत विमानस्थल विस्तारका लागि संघीय सरकारले पनि बजेटमा समावेश गरेको छ । तर बजेट अङ्क भने बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले खुलाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group