काठमाडौं, १ असार । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट ल्याएको छ।
सोमबार कोसी प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।
चालुतर्फ कुल १३ अर्ब ९७ करोड ६३ लाख पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्थापनतर्फ १५ करोड विनियोजन गरिएको छ।
मन्त्री लिङ्थेपले आगामी आर्थिक वर्षको लागि विनियोजन बजेट चालु आर्थिक वर्षको तुलनामा १२।७४ प्रतिशतले बढी रहेको बताए। त्यस्तै स्थानीय तहको वित्तीय हस्तान्तरणमा पाँच अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छ।








प्रतिक्रिया दिनुहोस्