काठमाडौँ, १ असार । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । केही दिनअघि पक्राउ गरेर श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको एसपी भट्टराईले बताए ।
प्रहरीले उनीमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै इस्कोनका सञ्चालक विरुद्ध बालबालिकाले उजुरी दिएका थिए । उजुरीपछि उनी पक्राउ परेका हुन् ।








प्रतिक्रिया दिनुहोस्