ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी


एबीसी न्यूज
जेष्ठ ३०, २०८३ शनिबार   ९ : १३   बजे

काठमाडौं, ३० जेठ । बहालवाला सभापति र प्रतिनिधि सभा सदस्यलाई पराजित गर्दै गण्डकी प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् ।

त्रिपाठीले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका राजन गौतमले १ सय ८२ मत पाए । सभापतिका उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेका छन् । अध्यक्षमा विजयी हुने उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेकोमा त्रिपाठीले पहिलो चरणमै उक्त थ्रेसहोल्ड कटाइदिएका हुन् ।

शुक्रबार राति करिब ११ बजेतिर सुरु भएको मतदान अन्तर्गत शनिबार बिहान मत गणना सम्पन्न भएको हो । यस्तै, प्रदेश सदस्यका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकाङ्क्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेदवार छन् ।

यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १(१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेदवारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएको भएपनि उनीहरुको विवरण आउन बाँकी छ ।प्रदेश सदस्यका लागि ५१ आकाङ्क्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मिना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी ९अनिशा० र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

सम्बन्धित

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group