काठमाडौ असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता आरके ढुंगानाले पार्टी फुटने नभई बलियो बनाउने अभियानमा जुटेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने स्थानीय र प्रदेशको अधिवेशनमा कार्यकर्ताविच भएको विवादले पार्टी नफुटने उनको तर्क छ । अधिवेशनले वडा तहदेखि केन्द्रसम्म नेतृत्व र संगठनलाई मजबुत बनाउने उनले बताएका छन । अधिवेशनमा साना साना विवाद देखिएता पनि अहिले पार्टी निती , नेतृत्व र संगठन बनाउन लागेको उनले बताएका छन । अधिवेशनले पार्टीभित्रका द्धन्द्ध सफा गर्ने र सरकारलाई सफल बनाउन ब्याकपको भुमिका खेल्ने उनको भनाई छ । उनले कार्यक्रममा भने बालेन र रविविच कुनै मतभेद नरहेको दावी गरेका छन ।


















प्रतिक्रिया दिनुहोस्