ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै


admin

काठमाडौ, २२ चैत्र । दुई वर्षमा दोस्रो पटक भ्रमण गर्दैछन् प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री केपी ओलीको चैत २३ देखि २५ सम्म हुने भारत भ्रमण मितव्ययी भनिएपनि अन्ततः दलबलसहितको जम्बो टोली लिएर ओली भारत जादैछन् ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ९ सांसद र अन्य सरकारी अधिकारी रहने टुंगो लगाएको छ । प्रधानमन्त्री ओली दिल्लीमा राष्ट्रपतिको पाहुनाका रूपमा रहनेछन । राष्ट्रपति भवनमा उनीसहित अन्य १० पाहुना बस्ने छन् । अन्यका लागि ताजमान सिंह होटल तय गरिएको छ । ‘सरकारी खर्चमा जाने पाहुना ३५ सदस्यीय तय भएपनि अझै केही थप हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका व्यवसायी, उद्यमी र सञ्चारकर्मीको छुट्टै टोली भ्रमणमा रहनेछ । प्रधानमन्त्री ओली सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानमा शुक्रबार बिहान प्रस्थान गर्नेछन् । शुक्रबारै ओलीले व्यापारिक समुदायस“ग छलफल गर्नेछन् । नेपाली समुदायस“ग पनि सोही दिन अन्तरक्रिया गर्ने कार्यक्रम ओलीको छ । शुक्रबारै बाह्रखम्बास्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत भरतराज रेग्मीले आयोजना गर्ने रिसेप्सनमा ओली सहभागी हुनेछन । रिसेप्सनमा भारतका राजनीतिज्ञ, पूर्वराजदूतहरू, भारतीय व्यापारी तथा अन्य अधिकारी रहने छन । शनिबार प्रधानमन्त्री ओलीको महत्वपूर्ण दिन रहनेछ । ओलीले भारतीय प्रधानमन्त्री मोदीस“ग भेटवार्ता गर्नेछन । वान टु वान र प्रतिनिधि टोलीस“ग भेटवार्ताको समय तय भएको छ ।

दुईपक्षीय सम्झौता तथा प्रतिबद्धता शनिवार नै भेट पछि हुने छन् । भारतीय पक्षबाट सोही दिन कुनै सहयोग घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास र उद्घाटनको ‘स्विच अन’ पनि त्यसै दिन हुनेछ । रेलमार्गमा भारतले चासो देखाएको छ भने जलमार्गसम्म पह“ुचको सहजतामा नेपालले जोड दिनेछ । शनिबारै ओली महात्मा गान्धीको समाधिस्थल पुग्नेछन । उनलाई भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज र राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् । उनी फर्कने दिन आइतबार उत्तराखण्ड पुग्नेछन । विशेष विमानमा उत्तराखण्ड गएर त्यहा“को अवलोकनपछि दिल्ली फर्केर दिल्लीबाट अपराह्न्न नेपाल फर्कने प्रधानमन्त्रीको कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणलाई ‘विकास लक्ष्यसहितको सद्भावना भ्रमण’ भनेका छन । भ्रमणका क्रममा कृषि अनुसन्धान, उत्पादकत्व वृद्धि र कृषि क्षेत्रका लागि आवश्यक जनशक्ति विकासलगायतका विषयमाथि छलफल हुनेछ । यसमा भारत सरकारका तर्फबाट केही प्रतिबद्धता घोषणा हुने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ । यस्तै, उत्तरखण्डको डा। गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले ओलीलाई डक्टर अफ लेटर्स ९डिलिट० उपाधि प्रदान गर्नेछ ।
ओलीले आफ्नो भ्रमणलाई फलदायी बनाउन भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुस“ग परामर्श गरेका छन् । पूर्वप्रधानमन्त्रीहरुले मुलुकमा दुगामी असर नपर्ने खालका सहमति र सम्झौता गर्न पुर्व प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । नेपाल भारत प्रवुद्ध समुहका सदस्य एवं एमाले नेता डाक्टर राजन भटट््राईले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखी बिभिन्न विषयमा सम्झौता गर्न पूर्वपूधानमन्त्रीहरुबाट सुझाव आएको बताए । विगतमा भएका सहमतिको कार्यान्वयन गर्न र गराउन पनि बैठकमा प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीस“गको परामर्शमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्र बहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने सहभागी भएनन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह ९ईपीजी० सदस्यहरु भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका परराष्ट्रविद्हरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com