ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ


एबीसी न्यूज
जेष्ठ २८, २०८३ बिहीबार   ७ : ५७   बजे

काठमाडौं, २८ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा अतिक्रमित सरकारी जग्गा खाली गराउने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार भएको छ।बैजनाथ गाउँपालिका-६ एच गाउँस्थित ईश्वरी माध्यमिक विद्यालयको जग्गामा बनाइएका अवैध संरचना भत्काउन डोजर चलाउँदा स्थानीय एक महिलाले प्रहरीमाथि आक्रमण गरेकी हुन्।उक्त जग्गामा घरटहरा निर्माण गरी बस्दै आएकी अन्दाजी ३६ वर्षीया शाबित्री कुमारी शाहीले सुरक्षार्थ खटिएका प्रहरी टोलीमाथि दाउ प्रहार गरेकी हुन्।आक्रमणबाट प्रहरी चौकी सम्झना बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिल कुमार चौधरी घाइते भएका छन्। हवल्दार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य निलडाम देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।प्रहरीमाथि आक्रमण भएलगत्तै घटनास्थलबाट शाबित्री कुमारी शाहीलाई प्रहार गरिएको दाउसहित प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकी शाहीमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ।
पटक–पटकको सूचना अटेर गरेपछि डोजर

ईश्वरी माध्यमिक विद्यालयले आफ्नो नाममा रहेको उक्त जग्गा लिजमा दिएको थियो। लिज अवधि सकिएपछि र सर्त उल्लङ्घन भएपछि विद्यालय र गाउँपालिकाले पटक(पटक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेका थिए।

तर, सम्बन्धित व्यक्तिले संरचना हटाउन अटेर गरेपछि स्थानीय सरकार र प्रहरीको संयुक्त टोली आज डोजर लिएर त्यहाँ पुगेको थियो।

जग्गा ओगटेर बस्नेहरूले गाउँपालिकाको सूचनालाई बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेठ २७ गते पत्र काट्दै अतिक्रमित संरचना हटाउने कार्य अघि बढाउन निर्देशन दिएको थियो।

सोही पत्रको आधारमा आज संरचना भत्काउने काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतको आदेश: प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह

सम्बन्धित

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group