ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालतको आदेश: प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू


एबीसी न्यूज
जेष्ठ २८, २०८३ बिहीबार   ८ : ३३   बजे

काठमाडौं, २८ जेठ । सर्वोच्च अदालतले शैक्षिक संस्था एवं अस्पतालहरूको रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस, प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।नियमित रुपमा हुने, भेला, आन्दोलन, नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस, २०८२ मा प्रदर्शनीमार्गमा पठनपाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।सर्वोच्च अदालतले अरु ठाँउमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था, अस्पताल लगायतका ठाउमा ध्वनी तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ ।प्रदर्शनी मार्गमा वरपर दुई विश्वविद्यालयका चार आंगिक क्याम्पसहरू छन् ।

नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र बाल्मिकी क्याम्पस र पदमोदय माविको पठनपाठन अवरुद्ध हुने भएपनि सर्वोच्चले प्रदर्शन र ध्वनी प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो । त्यसबाहेक काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्र समेत प्रदर्शनीमार्गमै पर्छन ।सर्वोच्च अदालतले समाजकल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्ने अनुमति दिनू भनी आदेश दिएको छ ।उक्त प्रदर्शनीस्थलमा सामाजिक, व्यवसायिक, शैक्षिक, बौद्धिक, साँस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनीबाहेक अरु सभा सम्मेलनका लागि प्रदर्शनीस्थल भाडामा नदिनू भनी आदेश जारी गरेको हो ।भृकुटीमण्डपको प्रदर्शनीस्थलमा विभिन्न राजनीतिक कार्यक्रम समेत आयोजना हुन्थ्यो । सर्वोच्च अदालतले त्यसमा रोक लगाउन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतको आदेश: प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह

भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर

अमेरिका र इरानबीचको सैन्य झडपले निम्त्यायो खतरनाक मोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group