ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा


एबीसी / संवाददाता

काठमाडौं, १२ असार । नेपालको जनसंख्या ३ करोड पुगेको छ। बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको केही वर्ष भइसकेको छ ।

तर आज केन्द्रिय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो। सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।

अब भने जनसंख्याको घडी अनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउनुहुन्छ । लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेले छाडे सरकारी निवास

काठमाडौं, १३ माघ । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेमाथि झुटो विवरण बुझाएर सार्वजनिक लाभको पदमा पुगेको अभियोगमा कारबाही हुनसक्ने कानून व्यवसायीले बताएका छन्। पुस ११ गते पद

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

काठमाडौं, १३ माघ, । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।उनका प्रेस संयोजक नवराज

सम्बन्धित

रवि लामिछानेले छाडे सरकारी निवास

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com