ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला


abc

काभ्रे, १२ असार । जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समुहद्धारा लाखौँको बुद्धचित्त माला लुटपाट भएको छ । हातहतियार सहित आएका अज्ञात समूहले बीरबहादुर तामाङ लाखौँको माला लुटेको प्रहरीले जनाएको छ ।
गएराती अन्दाजी साढे १० बजे ५०÷६० जनाको समूहमा आएका अज्ञात समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा भएको ८५ प्रतिशत बुद्धचित्तका दाना चोरेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो । हातहतियार सहित आएका उनीहरुले हवाइफायर समेत गरेको स्थानीयले बताए ।

घट्नास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ । लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको स्थानीयको थियो । झडपका क्रममा ४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मंलगटारका प्रहरी निरीक्षक थिङले तेमाल गाउँपालिका वडा न ४ का श्याम तामाङ, रोशी गाउँपालिका वडा न ६ सिपालीका जीत बहादुर तामाङ, शेखर लामा र जीतबहादुर लामा घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले घट्नाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अपाराधिक ढङ्गले जुन खालको काम भएको छ, यसको खोजी सुरु गरेका छौँ । सडकमा रुख काटेर, ढुङ्गा राखेर सडक अवरुद्ध गरेका थिए भने ठाउँठाउँमा बम रहेकाले खतरा छ भन्ने लेखिएको थियो । प्रजिअ तिमिल्सिनाले आर्मीको बम डिस्पोजल टोली पुगेर तर उक्त स्थानमा बम नभएर तर्साउनका लागि मात्र राखिएको पाइएको बताउनुभयो । अहिले डीएसपीको नेतृत्वमा प्रहरी टोली थप गरिएको छ ।

बुद्धचित्त मालाहरुमध्येकै बहुमूल्य मालाको रुपमा परिचित यो मालाको विषयमा लामो समयदेखि विवाद थियो । स्थानीयले पनि आफूहरुले नै उक्त माला बच्न पाउनुपर्ने माग गरेका थिए । अघिल्लो बर्षपनि उक्त रुखमा विवाद भएको थियो । मालाधनीले व्यापारी मान बहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी, लगायतका टिमलाई ९० लाखमा बिक्री गरेका थिए । उनीहरुले माला कुर्नका लागि १५ जना युवा नै परिचालन गरेका थिए । घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

बुद्धचित्त मालाको कारण विभिन्न विवादहरु भइरहेपछि यो पटक देखि रोसी गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधि समेत बनाएर ५ प्रतिशत कर निर्धारण गरिएको थियो । गाउँपालिका वनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको चार लाख ५० हजार पालिकालाई कर तिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

काठमाडौ, १० जेठ ।  सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने

काठमाडौ, १० जेठ । सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९÷८० को नीति

सार्वजनिक संस्थान सुधार गर्ने सरकारको प्राथमिकता, सम्भव नभए खारेजी

काठमाडौं, १० जेठ,। सरकारले वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ । मंगलबार

सम्बन्धित

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने

सार्वजनिक संस्थान सुधार गर्ने सरकारको प्राथमिकता, सम्भव नभए खारेजी

पालिका चुनावले लोकतन्त्रको जग बलियो भएको छ : राष्ट्रपति

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

१३ स्थानीय तहको मत परिणाम आउन बाकी : कहाँ कसको अग्रता ? (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...