ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला


एबीसी न्यूज
असार १२, २०७७ शुक्रबार   १० : ४३   बजे

काभ्रे, १२ असार । जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समुहद्धारा लाखौँको बुद्धचित्त माला लुटपाट भएको छ । हातहतियार सहित आएका अज्ञात समूहले बीरबहादुर तामाङ लाखौँको माला लुटेको प्रहरीले जनाएको छ ।
गएराती अन्दाजी साढे १० बजे ५०÷६० जनाको समूहमा आएका अज्ञात समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा भएको ८५ प्रतिशत बुद्धचित्तका दाना चोरेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो । हातहतियार सहित आएका उनीहरुले हवाइफायर समेत गरेको स्थानीयले बताए ।

घट्नास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ । लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको स्थानीयको थियो । झडपका क्रममा ४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मंलगटारका प्रहरी निरीक्षक थिङले तेमाल गाउँपालिका वडा न ४ का श्याम तामाङ, रोशी गाउँपालिका वडा न ६ सिपालीका जीत बहादुर तामाङ, शेखर लामा र जीतबहादुर लामा घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले घट्नाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अपाराधिक ढङ्गले जुन खालको काम भएको छ, यसको खोजी सुरु गरेका छौँ । सडकमा रुख काटेर, ढुङ्गा राखेर सडक अवरुद्ध गरेका थिए भने ठाउँठाउँमा बम रहेकाले खतरा छ भन्ने लेखिएको थियो । प्रजिअ तिमिल्सिनाले आर्मीको बम डिस्पोजल टोली पुगेर तर उक्त स्थानमा बम नभएर तर्साउनका लागि मात्र राखिएको पाइएको बताउनुभयो । अहिले डीएसपीको नेतृत्वमा प्रहरी टोली थप गरिएको छ ।

बुद्धचित्त मालाहरुमध्येकै बहुमूल्य मालाको रुपमा परिचित यो मालाको विषयमा लामो समयदेखि विवाद थियो । स्थानीयले पनि आफूहरुले नै उक्त माला बच्न पाउनुपर्ने माग गरेका थिए । अघिल्लो बर्षपनि उक्त रुखमा विवाद भएको थियो । मालाधनीले व्यापारी मान बहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी, लगायतका टिमलाई ९० लाखमा बिक्री गरेका थिए । उनीहरुले माला कुर्नका लागि १५ जना युवा नै परिचालन गरेका थिए । घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

बुद्धचित्त मालाको कारण विभिन्न विवादहरु भइरहेपछि यो पटक देखि रोसी गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधि समेत बनाएर ५ प्रतिशत कर निर्धारण गरिएको थियो । गाउँपालिका वनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको चार लाख ५० हजार पालिकालाई कर तिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group