काठमाडौं,७ भाद्र । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको आन्दोलनले उग्र रुप लिएपछि अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि बिहीबार स्थानीयले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । निर्मला बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनाको बास्तविकता बाहिर ल्याउए नसकेको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय लगाएत बजार क्षेत्रमा प्रहरी र प्रशासन विरुद्ध नारावाजी गर्दे विरोध प्रर्दशन गरेका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको गरेको थियो ।
विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्