ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको सडकमा यसरी संचालन हुदैछन् आधुनिक ब्रुमर


एबीसी न्यूज
चैत्र १२, २०७५ मंगलबार  ४ : ४५ बजे



काठमाडौं, १२ चैत । काठमाडौँ महानगरपालिकाले सडक सफा गर्नको लागि मंगलबारदेखि ब्रुमर सञ्चालनमा ल्याएको छ । धुलोमुक्त शहर बनाउने आँटका साथ महानगरपालिकाले इटलीबाट आयात गरिएको ५ वटा आधुनिक ब्रुमर मंगलबार एक औपचारिक कार्यक्रको आयोजना गर्दै शुरु गरिएको हो ।

डिजेलबाट सञ्चालन हुने ब्रुमरमा १ अगाडी, २ छेउमा र १ बीच भागमा रहनेगरी ४ वटा ब्रस रहेको छ । ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । यसको ५०० लिटर पानी र ४. ६८ घन मिटर धुलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेकोे छ । ब्रसले न्युनतम २६ सय मिलि मिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइ गर्ने क्रममा यसको अधिकतम गती १० किलोमिटर प्रतिघण्टा छ ।
ब्रुमर सञ्चालन हुने ५ वटा रुटहरु तय गरिएका छन् ।

ब्रुमर सञ्चालन हुने रुटहरुः

रुट नं १
टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड –टेक – त्रिपुरेश्वर -सुन्धारा -नयाँ सडक -जुद्ध सालिक -महाङ्काल -जमल -लाजिम्पाट -शितल निवास -शिक्षण अस्पताल -नारायण गोपाल चोकसम्मको मुल सडक । त्यस्तै जमल -विश्वज्योति -घण्टाघर -भद्रकाली -सहिद गेट हुँदै सुन्धारासम्म।

रुट नं २
टेकुबाट त्रिपुरेश्वर -थापाथली -माइतीघर मण्डला -बबरमहल -बानेश्वर अन्तरराष्ट्रिय बिमानस्थल सम्म। त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर पेप्सिकोला। पेप्सिकोला चोकबाट कोटेश्वर नयाँ बानेश्वर- बबरमहल -माइतीघर मण्डला -थापाथली – त्रिपुरेश्वर – टेकु – कालीमाटी –बल्खु – कालीमाटीबाट टेकुसम्म।
रुट नं ३
टेकुबाट त्रिपुरेश्वर -सुन्धाराहँदै भोटाहिटी – विश्वज्योति – घण्टाघर – भद्रकाली – सिंहदरवारबाट पुतलीसडकतर्फको सडक। पुतली सडकबाट कमलादी मोड – हात्तीसार – जय नेपाल हल – दरबार मार्ग -कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक। त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीतर्फहुदै केशरमहल चोक – त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक – नारायणहिटीको उत्तर गेट – गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) सभामुख क्वाटर -राष्ट्र बैक – प्रधानमन्त्री निवास (वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक। फर्किंदा शितल निवास -पानी पोखरीहुँदै लैनचौर – सोहखट्टे – बालाजु चोक (रिङ्गरोड) – सोहखट्टेबाट – बिष्णुमती लिङ्क रोडको – ईन्द्रायणी – नरदेवी पुलदेखि टेकुसम्मको सडक।

रुट नं ४
टेकुबाट पुतलीसडक – कमलपोखरी – ज्ञानेश्वर – मैतीदेवी – पुरानो बानेश्वर – सिनामंगल -एअरपोर्ट गेट – गौशाला – चावहिल – होटल हायात चुच्चेपाटी – फर्किएर चावहिल – गौशाला – बत्तीसपतली – पुरानो बानेश्वर – मैतीदेवी – डिल्लीबजार – पुतलीसडक – प्रदर्शनी मार्ग – सिंहदरबार – माइतीघर मण्डला – थापाथली – त्रिपुरेश्वर-टेकु।
रुट नं ५
टेकुबाट त्रिपरेश्वर – पोष्ट अफिस, न्यूरोड गेट – बसन्तपुर – ईन्द्रचोक -न्युरोड – महाङ्काल – जमल – केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग – घण्टाघर – भद्रकाली – यहरवार – माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट – थापागाउँ –
समय सम्मेलन केन्द्र – त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल – मध्य बानेश्वर – बत्तीस पतली चोक – मैतीदेवी – डिल्लीबजार – बागबजार – प्रदर्शनी मार्ग – भद्रकाली – त्रिपरेश्वर हुँदै टेकु बल्खु, कलङ्कि, सितापाइला, बलाजु, गोंगबु, नारायण गोपाल चोक, चावहिल, ज्ञानेश्वर डिल्लिबजार, बागवजार, पुरानो वस पार्क, त्रिपुरोश्वर, टेकु।

महानगरपालिकाका अनुसार रुट सञ्चालन र सर्भिसिङको खर्च अधिकृत बिक्रेताको हुनेछ भने ब्रुमरमा लाग्ने इन्धन महानगरले उपलब्ध गराउनेछ । ब्रुमरले काठमाडौँको पिच गरिएको सडकमा मात्र काम गर्नसक्नेछ । खाल्डाखुल्डी भएको सडकमा यसले सफाइ गर्न सक्दैन । त्यसैले ब्रुमरको प्रयोगले काठमाडौँ महानगरपालिका धुलोमुक्त हुनेछ भनेर पूर्ण रुपमा आशावादी हुन सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

संविधान कार्यान्वयनको परीक्षण र ‘शाहसिक पुनरावलोकन’ आवश्यकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

शंकास्पद तवरले घरघडेरी कसैले किन्दैछ भने राष्ट्र बैंकलाइ जानकारी दिनुस्– निर्देशक पौडेल

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com