काठमाडौं, २१ वैशाख। सरकारले संख्या घटाएर १७ वटा मन्त्रालय बनाउने खाका आज मन्त्रिपरिषद्मा पेस हुँदै छ । सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीलाई ‘थप शक्तिशाली’ बनाउँदै तयार पारिएको १७ मन्त्रालयको खाका आज मन्त्रिपरिषद्मा पेस हुन लागेको हो ।
ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा सम्भवत मन्त्रालय गाभिने गरी तयार पारेको खाका स्वीकृत हुनेछ । ती मन्त्रीले भने, “मन्त्रालय गाभिने गरी तयार पारेको खाका र सँगै तयार भएको ‘नेपाल सरकार कार्यविभाजन नियमावली’ र ‘नेपाल सरकार कार्यसम्पादन नियमावली’ पारित भएपछि दिन तोकेरै मन्त्रालय गाभिने प्रक्रिया अघि बढ्नेछ ।”
यस्तो छ गाभिएपछि कायम हुने १७ मन्त्रालयको खाका
२. अर्थ मन्त्रालय : अर्थ मन्त्रालय/विकास साझेदारी/विदेशी सहायता समन्वयको स्पष्ट जिम्मेवारी थप्ने
३. गृह मन्त्रालय : गृह मन्त्रालय/विपद्सम्बन्धी सबै कार्य, कार्यालयहरू समायोजन
४. परराष्ट्र मन्त्रालय : परराष्ट्र मन्त्रालय/विदेशी मामिला
५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय/कानुन आयोगको काम सबै यसैमा राख्ने/कानुनसम्बन्धीका सबै निकाय
६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/खानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाइ (खानेपानीको पूर्वाधार, सरसफाइको खाद्य पूर्वाधार एकीकृत पूर्वाधार)/खाद्य सुरक्षाको नियमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नियमनकारी काम
७. शिक्षा तथा खेलकुद मन्त्रालय : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मात्र, र युवा तथा खेलकुद मन्त्रालयको खेलकुद मात्र
८. कृषि सहकारी तथा ग्रामीण विकास मन्त्रालय : कृषि तथा पशुपन्छी विकास मन्त्रालय/भूमि व्यवस्था मन्त्रालयको भूमि प्रशासन, भूउपयोग, जग्गा सुधार भाग/सहकारी र ग्रामिण विकासको नयाँ कम्पोनेन्ट थप गर्ने
९. सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय : महिला बालबालिका तथा जेस्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा भाग/गृहको सामाजिक सुरक्षा
१०. उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/विज्ञान तथा प्रविधि/ नवप्रवर्तन
११. युवा, श्रम तथा रोजगार मन्त्रालय : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको युवा भाग/सीएसआर/वैदेशिक रोजगारी
१२. ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय/जलको मुहान, पानी खानेपानीको वितरण, मर्मत लगायतको काम
१३. एकीकृत पूर्वाधार मन्त्रालय : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/सहरी विकास मन्त्रालय/खानेपापानी मन्त्रालयको पूर्वाधार क्षेत्र/सरसफाइको ढल निकास
१४. वन, पर्यावरण तथा जलवायु मन्त्रालय : वन तथा वातावरण मन्त्रालय/पर्यावरण/जलवायु
१५. संस्कृति, पर्यटन, तथा संस्कृति, पर्यटन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय/भाषिक विविधता संरक्षण/तीर्थाटन विभाग
१६. सञ्चार मन्त्रालय : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चार/हुलाक सेवा/जनगुनासो व्यवस्थापन/क्रियटिभ इन्डस्टीरबहुभाषिक सञ्चार/फेक न्यूज नियन्त्रण तथा तथ्य–जाँच/डिजिटल सामग्री उद्योग प्रवद्र्धन/सार्वजनिक सूचना क्याम्पेन/राष्ट्रिय अभिलेख/रेकर्ड व्यवस्थापन
१७. रक्षा मन्त्रालय : रक्षा मन्त्रालयको विस्तृत विवरण खुलाइएको छैन ।








प्रतिक्रिया दिनुहोस्